अन्यौलमा पर्यो हेटौंडाको सडक फराकिलो पार्ने योजना

२०७५ श्रावण १८,शुक्रबार १५:४०

मकवानपुर १८ साउन । स्थानीय प्रशासन र हेटौंडा उपमहानगरपालिका सम्मिलित आजको बैठकले हेटौंडामा सडक फराकिलो पार्ने योजनालाई अन्यौलता थप्ने संकेत देखिएको छ । पूर्व पश्चिम राजमार्ग र त्रिभुवन राजपथको हेटौँडा उपमहानगरपालिका अन्तगर्त पर्ने सडक खण्डमा आजकै मितिदेखि सवारी पार्किङलाई पूर्ण रुपमा निषेध गरिने निर्णय गरिएसंगै सडक फराकीलो पार्ने योजनामा अन्यौलता थपिने देखिएको हो ।

सडक वरिपरिका घर तथा टहरा भत्काएर सडक फराकिलो पार्नुको सट्टामा राजमार्गबाट सवारी पार्किङ हटाउने निणर्य हुनुले सडक विस्तारको विषयचै के होला भन्ने अन्यौलता थपेको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले हाल हेटौंडामा भएको सवारी जाम नियन्त्रण गर्नको लागि बिकल्प दिएर राजमार्गको पार्किङ निषेध गरेको बताए । सडक फराकिलो पार्ने विषयमा भने केन्द्रिय सरकारले दिएको आदेशको पालना गर्नुपर्ने भएकोले अहिले यसबारे केहि भन्न सकिने अवस्था नरहेको उनको भनाई छ ।

बैठकले पूर्व पश्चिम राजमार्ग अन्तर्गतको राप्तिपुलदेखि बुद्धचोक र वन विज्ञान अध्ययन संस्थानसम्म तथा त्रिभुवन राजपथको चौकिटोल ओरालोदेखि बुद्धचोकसम्म साना–ठूला सवारी साधन पार्किङलाई पूर्ण रुपमा बन्द गरिने निर्णय गरिएको हो ।


One thought on “अन्यौलमा पर्यो हेटौंडाको सडक फराकिलो पार्ने योजना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*