१६ मिटर नि भत्काउने थिइनँ, प्रेसर भएर निर्णय गरेको हो : मुख्यमन्त्री पौडेल

२०७५ फाल्गुन ७,मंगलवार १४:१२

मकवानपुर । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाको मुख्य सडक १६ मिटर फराकिलो पार्ने काम पनि आफूले प्रेसरमा गरेको बताएका छन् ।

यो १६ मिटर फराकिलो पार्ने काम नगर्दा पनि हुन्थ्यो तर सडकमा सवारीसाधन बढे, जाम पनि हुन थाल्यो र प्रेसर बढे जसका कारण १६ मिटर भत्काउनु परेको उनले बताए । बाइपास बनाएर हेटौंडाको सडकलाई यतिकै छोड्न पनि सकिन्थ्यो, पौडेलले भने ।

कतिले आफ्नै घर भत्काउनु परेका कारण पनि सडक फराकिलो बनाएनन् भन्ने आरोपसमेत आफूले खेप्न परेको पौडेलले सुनाए ।
अब केही व्यक्तिले यसलाई डोजरै लगाएर मरुभुमी बनाएर तमासा हेर्नुपर्ने किन, उनले प्रश्न गरे ।

अर्थतन्त्र र व्यापार कहाँ जाने, मान्छे कति सुकुम्बासी हुने यि तमाम कुरालाई नहेरी निर्णय गर्ने पक्ष आफू नरहेको पौडेलले बताए । मैले ५० भन्दा बढी सहर हेरेको छु, विकास कसरी हुन्छ मलाई थाहा छ, अरुले धेरै सिकाइरहनु पर्दैन, पौडेलले भने ।

सडक भत्काउँदैमा सुन्दर हुने नभत्काउँदैमा सुन्दर नहुने होइन । हामी सबै ठूला गाडीहरु बाइपासबाट चलाउँछौँ– पौडेलले भने । चार लेनको मज्जाको सडक बनाउने योजनामा रहेको उनले बताए ।

चार लेनको सडक बनाएर पनि प्रसस्त ठाउँ रहन्छ, त्यसमा एउटा सर्भिस ट्«याक बनाउने आफ्नो योजना रहेको पौडेलले बताए । पार्किङ पनि एउटा साइडमा रहन्छ, उनले भने । जून साथीहरुलाई मेरो घरले पिरोलेको छ, निर्णय लगत्तै डोजर ल्याएर मेरो घर तत्काउँछु, उनले भने ।

यो पनि पढ्नुहोस् :

– मलाई विकास विरोधी भनेँ, पहिला मेरै घर भत्काउँछु – मुख्यमन्त्री पौडेल