१६ मिटर मात्रै फराकिलो पार्ने कुरामा हाम्रो समर्थन : इन्द्र बानियाँ

२०७५ फाल्गुन ७,मंगलवार १४:५६

मकवानपुर । प्रदेश सरकारले हेटौंडाको मुख्य बजारक्षेत्रमा १६ मिटरमात्र सडक फराकिलो पार्ने गरी केन्द्र सरकारमा सिफारिस गरेकोमा नेपाली काँग्रेस प्रदेश नं. ३ का नेता इन्द्रबहादुर बानियाँले सो निर्णयको स्वागत गरेका छन् ।

आज तु खबरसँग कुराकानी गर्दै प्रतिपक्ष दलका नेता बानियाँले यसो हुँदा सडक पनि फराकिलो हुने र मान्छेहरुको भौतिक सम्पत्तिको पनि क्षति कम हुने उनले बताए । तर, बाइपास निर्माण अनिवार्य रहेको उनको भनाइ थियो । ठूला गाडीहरु बाइपासबाट चलाउनुपर्छ, उनले भने ।

लामो समयदेखि अन्यौल रहेको सडक बिस्तारको सम्बन्धमा प्रदेश सरकारले केन्द्रलाई गरेको सिफारिस जायज छ, उनले भने ।

यो पनि पढ्नुहोस्

– प्र.म.ओली, नेता प्रचण्ड र शेरबहादुर देउबा पनि घर भत्काउन नहुने पक्षमा : पौडेल