हेटौंडामा २५ मिटर सडक विस्तार प्रकरण : मुख्यमन्त्री पौडेलनै बाधक

२०७५ आश्विन १,सोमबार १५:२४
file photo

बलराम पुडासैनी

मकवानपुर १ असोज । ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा २५ मिटर सडक विस्तारको विषयमा मुख्यमन्त्री डोरमणी पौडेलनै बाधकको रुपमा देखिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा हेटौंडाको समग्र विकासमा जोड दिन्छु भन्दै जनतालाई आफ्नो पक्षमा पारी चुनाव जितेका पौडेलसंग अहिले प्रदेशका सम्पुर्ण जिल्लाको विकासका कार्यक्रम त कता हो कता हेटौंडाकै विकासको समेत भिजन छैन । त्यसो त २५ मिटर सडक विस्तारको विषयमा पनि उनी बाधक झैं उभिएका छन् ।

हेटौंडा स्मारक विकास समितिको स्थापना देखिनै उनलाई हेटौंडावासीको साथ थियो । चुनावमा हेटौंडाको विकास गर्ने हल्ला पनि फिजाइयो । उनीमाथि हेटौंडावासीको दृष्टीकोण भिजन भएको नेताको रुपमा थियो । तर चुनाव जितेर प्रदेशकै मुख्यमन्त्री समेत भईसक्दा उनले हेटौंडाको समग्र विकासको योजना अघि सार्न किन अबेला गरेको हेटौंडावासीको गुनासो छ ।

त्यसो त हेटौंडामा सडक विस्तारको विषयले चर्चा पाउँदा अनि तत्कालिन क्षेत्रिय प्रशाशक विनोद केसीले सडक विस्तार कार्य आरम्भ गर्दा समेत उनी त्यसबेला समेत बाधकका रुपमा रहेका थिए । सडक विस्तार गर्दा रगतको खोला बग्छ भन्दै सडक विस्तार रोक्न मद्दत गर्ने पौडेल अहिले जिम्मेवार स्थानमा छन् । हेटौंडालाई स्मार्ट सिटिको रुपमा विकास गर्ने उनको योजना पनि थियो । तर अहिले हेटौंडामा सवारी चापका कारण सडक साधुरो हुँदै जादाँ अनि पार्किङ र सवारी समस्या थपिदैं जाँदा उनको ध्यान यस विषयमा किन गएन सर्वसाधारणको गुनासो छ ।

सडक विस्तारको कार्य आरम्भ भईसकेको थियो । सडकको २५ मिटर क्षेत्रभित्र रहेका केहि भवनहरु समेत भत्काईएका थिए । तर अहिले सडक विस्तारको विषयले मुख्यमन्त्रीको स्मार्ट सिटिको भिजनमा किन स्थान लिन सकेन ? सबैको चासो यसमा छ । हेटौंडामा अहिले साधुँरो सडक, त्यसमाथि पनि बर्खामा पानी जमेर सडकको बिचमै भैंसीले आहाल खेल्न सक्नेखालका पोखरी , अव्यवस्थीत पार्किङ, सवारीजाम, कोलाहल बातावरण छ । वाक्कै भईसकेका हेटौंडावासीले प्रश्न गर्न थालेका छन्, मुख्यमन्त्री ज्यू चुनावमा भनेको जस्तो स्मार्ट सिटी कहिले बन्छ ?


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*