समाचार
आज राष्ट्रियसभा बैठक बस्दै
काठमाडौं । संघीय सांसदअन्तर्गत राष्ट्रियसभाको बैठक पनि आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने बस्ने भएको हो । सो बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी...
त्रिविको उपकुलपति छनोटका लागि आज अन्तर्वार्ता
काठमाडौंं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि आज उम्मेदवारहरूको अन्तर्वार्ता हुँदैछ । त्रिवि उपकुलपति सिफारिस समितिले सर्टलिष्टमा परेको १४ जनाको अन्तर्वार्ता लिन लागेको हो । त्यसका लागि आज बिहान शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा बोलाएको छ। अन्तर्वार्तामा समिति सदस्यहरू तथा विज्ञहरूको उपस्थिति रहनेछ । यसअघि सर्टलिष्टमा परेकाहरूको सोचपत्र...
जिप दुर्घटनामा परेर एक जनाको मृत्यु, ६ जना घाइते
तनहुँ । तनहुँमा गएराति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको इच्छाकामना गाउँपालिका–६ का २२ वर्षीय सागर गुरुङ रहेका छन् । पृथ्वी राजमार्गमा डुम्रेतर्फबाट आबुरखैरेनीतर्फ आउँदै गरेको बा १६ च ४९१८ नम्बरको बोलेरो अनियन्त्रित भई सडकको छेउमा पल्टिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते...
‘भावना’ लाई श्रीकृष्ण तालुमाया नमुना स्मृति गजल सम्मान
मकवानपुर । गजल मञ्च मकवानपुरले गजलकार अनिश न्यौपाने ‘भावना’ लाई श्रीकृष्ण तालुमाया नमुना स्मृति गजल सम्मान प्रदान गरेको छ । शनिबार गजल मञ्चको २११ औं गजल यात्राकाबीच गजलकार न्यौपानेलाई नगद ५ हजार रुपैयाँसहित गजल सम्मान प्रदान गरेको हो । गजल विधानको उन्नयन, विकास र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै...
आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको जनाएको छ । यस्तै, आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली...
मकवानपुरबाट लागूऔषध र सालकको खपटासहित तीन जना पक्राउ
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नम्वर ९ टिपटारबाट प्रहरीले शुक्रबार राति अवैध लागूऔषध चरेस र सालकको खपटासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले करिब १० किलो चरेस र १ किलो तौलको सालकको खपटासहित ३ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने...
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका प्रकाशन गरेको हो । आगामी वैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म संचालन हुने परीक्षा वैशाख २६ गते सकिने परीक्षा...
प्रहरी समायोजन अघि बढाउन समिति गठन
काठमाडौं । प्रहरी समायोजन अघि बढाउन समिति गठन गरिएको छ । गृह मन्त्रालयले प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिमा मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिव थानेश्वर गौतम सह–संयोजक, प्रहरी प्रधान कार्यालयका प्रहरी नायव महानिरीक्षक र मन्त्रालयका उपसचिव सदस्य रहेका छन् । मन्त्रालयका प्रहरी...
धादिङमा बस र ट्रक ठोक्कियो, २० जनाभन्दा बढी घाइते
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा आज बिहान बस र ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको छ । काठमाडौँबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेको बस र विपरीत दिशाबाट आइरहेको ट्रक हिलटप मोडमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । उक्त दुर्घटनामा परेर २० जना...
मकवानपुरका एक पुरुष मृत भेटिए
मकवानपुर । मकवानपुरको हेटौंडामा आज बिहान एक पुरुष मृत अवस्थामा भेटिएका छन् । जिल्लाको जिल्ला उपमहानगरपालिका वडा नम्वर ११ चधेरीटोलमा अन्दाजी ४६ वर्षीय एक पुरुष मृत अवस्थामा भेटिएका हुन् । मृत भेटिनेमा जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ४ घर भई हेटौंडा–११ मा डेरागरी बस्ने राजु सुनार रहेको जिल्ला प्रहरी...










