समाचार

सातामा १४ सयले घट्यो सुनको भाउ

काठमाडौं । यो साता नेपाली बजारमा सुनको भाउ बटेको छ । अघिल्लो साताको तुलनामा यो साता सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेको नेपाल चाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासंघका अनुसार, गत साताको शुक्रबार छापावाल सुनको भाउ तोलामा १ लाख १८ हजार ५०० र तेजाबी सुनको भाउ तोलामा...

८ जना चेलीलाई सम्मान

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले चेली प्रोत्साहन कार्यक्रम अन्तरगत ८ जना चेलीलाई सम्मान गरेको छ । बालबिवाह न्युनीकरणमा विभिन्न कार्यक्रम गरिरहेको गाउँपालिकाले गाउँसभाको अवसरमा ८ जना चेलीलाई सम्मान गरेको हो । पालिकाले कक्षा १२ उत्तीर्णका साथै २० वर्ष उमेर पुगी बिवाह गर्ने ८ जना चेलीलाई प्रतिव्यक्ति २० हजार रुपैयाँसहित...

हेटौंडामा जुनियर क्योकुशिन कराते प्रतियोगिता हुने

मकवानपुर । नेपाल खेलकुद महासंघ मकवानपुरले जिल्ला स्तरीय जुनियर क्योकुशिन कराते प्रतियोगिताको आयोजना गर्ने भएको छ । महासंघले स्थापना दिवसको अवसरमा हेटौंडामा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता फागुन १० गतेदेखि १२ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला तर्फ ३० के.जी मुनि, ३५ के.जी, ४५ के.जी र...

हेटौंडामा एक वृद्ध मृत फेला

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ गोल्फिङटारमा आज बिहान एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला पर्नेमा स्थानीय अन्दाजी ७० वर्षीय हरिबहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, क्षेत्री ८ः१५...

कैलाश गाउँपालिकाको १३ औं अधिवेशन सम्पन्न

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले १३ औं अधिवेशन सम्पन्न गरेको छ । गाउँसभाको अधिवेशन शुक्रबार सम्पन्न भएको हो । सो अधिवेशनबाट कर्मचारी दरबन्दी र स्थानीय वन ऐन स्वीकृत गर्नेलगायत ४ वटा प्रस्तावमाथि छलफल भई पारित गरिएको छ । त्यस्तै, गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले सभामा पेश गरेको बजेट तथा...

हेटौंडामा आजबाट चलचित्र पत्रकारको राष्ट्रिय भेला हुँदै

मकवानपुर । चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला आजबाट हेटौंडामा हुँदैछ । संस्था स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले आज फागुन ५ देखि ८ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्न लागेको हो । सिनेमा पर्यटनको आधारलाई अघि सार्दै संघले राष्ट्रिय भेलामा सिनेमा संवाद,...

बागमती गोल्डकपः शनिबार मछिन्द्र र जावलाखेल भिड्दै

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार तेस्रो क्वाटरफाइनल खेल हुँदैछ । बागमती गाउँपालिकामा–८, स्थित जनता माविको खेल मैदानमा जारी प्रतियोगिताको सेमिफाइनल प्रवेशका लागि आज मछिन्द्र युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुने भएको हो । खेल दिउँसो १ बजे...

वडा स्तरीय शैक्षिक महोत्सवको आयोजना गर्दै हेटौंडा–१५

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ ले प्रथम वडा स्तरीय शैक्षिक महोत्सव २०८० को आयोजना गर्ने भएको छ । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर र सुधारको लागि यही फागुन ७, ८ र ९ गते तीन दिन महोत्सवको आयोजना गर्न लागिएको हेटौंडा–१५ का वडाध्यक्ष सुनिल मुक्तानले जानकारी दिए । वडामा...

बागमती प्रदेशसभा बैठक बोलाउने सरकारको तयारी

मकवानपुर । बागमती प्रदेशसभा बैठक बोलाउने तयारी गरिएको छ । प्रदेश सरकारले आगामी फागुन १५ गतेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन बैठक बोलाउने तयारी गरेको हो । प्रदेशसभा अधिवेशन आह्वान गर्ने विषयमा प्रदेश सरकारले आगामी मन्त्रिपरिषद् बैठकमा निर्णय गर्ने तयारी गरिएको एक सांसदले बताए । सोहीअनुसार मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर सरकारले...

आज केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको हो । महाशाखाका अनुसार, शनिबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा...