निर्देशक कुमार शाहनीको निधन

तु खबर संवाददाता
२०८० फाल्गुन १४,सोमबार ०९:३३

मुम्बई । चलचित्र निर्देशक कुमार शाहनीको निधन भएको छ । ८३ वर्षीय शाहनीको निधन भएको अभिनेत्री मिता वशिष्ठले पुष्टि गरेकी छन् ।

उनलाई कोलकाताको एएमआरआई अस्पतालमा भर्ना गरिएको थियो । उनी वृद्धावस्थासँग सम्बन्धित रोगबाट पीडित थिए ।

‘माया दर्पण’ र ‘तरङ’ जस्ता राष्ट्रिय अवार्ड जितेका पाएका थिए ।

उनी शाहनी समानान्तर सिनेमा निर्माणका लागि परिचित थिए । शाहनीले ‘माया दर्पण’ (१९७२), ‘तराङ’ (१९८४), ‘घायल गाथा’ (१९८९) र ‘कस्बा’ (१९९०) जस्ता उत्कृष्ट चलचित्र बनाएकी थिइन् ।