समाचार
सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक विधायन समितिमा पठाइयो
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने, विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । आइतबार बसेको राष्ट्रिय सभाको बैठकले उक्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो । सभाको बैठकमा कानुन, न्याय तथा...
गोली लागेर एकै परिवारका १२ जनाको मृत्यु
तेहरान । इरानमा गोली लागेर एकै परिवारका १२ जनाको मृत्यु भएको छ । त्यहाँको सरकारी सञ्चारमाध्यमले बताएअनुसार एक व्यक्तिले आफ्नै परिवारका १२ सदस्यको गोली हानेर हत्या गरेका हुन् । सञ्चारमाध्यामका अनुसार, यो घटना केरमान प्रान्तको हो । एक ३० वर्षीय युवकले कलाश्निकोफ राइफलले आफ्नै बुबा र भाइसहित परिवारका १२...
दुर्घटनामा परेर ५ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार, कैलाली, दाङ, तनहुँ, काठमाडौं र सिरहा जिल्लाको विभिन्न स्थानमा भएको दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको हो । कैलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुरमा हाल नम्बर नखुलेको बसले से.३ प ९३...
२३ जना जुवाडे प्रहरीको नियन्त्रणमा
काठमाडौं । उपत्यकाको कीर्तिपुरस्थित दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले २३ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । प्रहरीले कीर्तिपुर नगरपलिका–६ र कीर्तिपुर नगरपालिका–१ अमृतनगरबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । कीर्तिपुर–६, बस्ने ३८ वर्षीय मनिकराम महर्जनको टहरामा जुवातास खेलिरहेको अवस्थामा महर्जन समेत प्रहरीले १५ जनालाई शनिबार दिउँसो नियन्त्रणमा लिएको छ । प्रहरी...
अवैध लागूऔषधसहित ९ जना पक्राउ
मकवानपुर । प्रहरीले देशको विभिन्न स्थानबाट लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले देशको कास्की, झापा, कैलाली र काठमाडौं जिल्लाको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको हो । प्रहरीले कास्कीको पोखरा महानगरपालिका–१९ भुनपुरेबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ ग्रामसहित शनिबार दिउँसो एक जनालाई पक्राउ गरेको छ...
राष्ट्रपतिद्वारा शालीनदीमा पूजा अर्चना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं शङ्खरापुर नगरपालिकास्थित शालीनदीमा पूजा, अर्चना गरेका छन् । पौष शुक्ल पूर्णिमादेखि जारी श्री स्वस्थानी व्रत कथाअन्तर्गतको माधवनारायण मेलामा उनी आज बिहान सहभागी भएका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले श्री स्वस्थानी र माधवनारायणको दर्शन एवम् पूजा अर्चना गरे । साथै उनले शालीनदीमा जल...
१२ अर्ब २३ करोड आन्तरिक ऋण उठाउँदै सरकार
काठमाडौं । सरकारले यही फागुन ८ गते १२ अर्ब रुपैयाँ २३ करोड आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले २८ दिने र ९१ दिने ट्रेजरीमार्फत कूल १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँ आन्तरिक ऋण उठाउने भएको हो । बैंकको सूचना अनुसार, २८ दिने ट्रेजरीका लागि ५...
मनहरी–२ मा ल्होछार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–२ स्थित भुन्द्रुङटाँडीमा ल्होछार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । ल्होछारको अवसरमा मनहरी एकता तामाङ समाजको आयोजना शुक्रबारबाट सुरु भएको विविध सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम शनिबार सम्पन्न भएको हो । कार्यक्रम मनहरी एकता तामाङ समाजका अध्यक्ष अर्जुन घलानको अध्यक्षता एवम् मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन...
प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुको प्रश्नोत्तर हुनेछ । यसअघि २४ माघमा बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले ६ फागुनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने जानकारी गराएका थिए । त्यसका लागि...
मधेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । गत माघ ९ गते जनमत पार्टीका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत पनि फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने प्रयोजनका लायिग आज दिउँसो २ बजे मधेश प्रदेश...










