बागमती प्रदेशः सर्वदलीय बैठक आह्वान

तु खबर संवाददाता
२०८० फाल्गुन १५,मंगलवार ०८:२९
file-photo

मकवानपुर । बागमती प्रदेशसभा संचालनका लागि आज पुनः सर्वदलीय बैठक बस्दै छ । गत आइतबार बसेको बैठकमा सहमति नजुटेपछि आज पुनः बस्न आह्वान गरिएको हो ।

बैठक बागमती प्रदेश सभाको संसद् सचिवालयमा बस्न लागेको हो । यसअघि बसेको बैठकमा संसद् संचालनको विषयमा सहमति जुटे पनि सत्तापक्ष र प्रतिपक्ष दलबिचको पूर्व निर्धारित सहमतिका विषयमा भने कुरा मिल्न सकेको थिएन । सोही विषयमा छलफल गरी सहमतिमा पुग्ने गरी आज पनि सर्वदलीय बैठक बस्न लागेको हो ।

बैठकले बजेट पारित गर्दाको समयमा विपक्षी दलहरूसँग बजेट विनियोजनका सन्दर्भमा सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा छलफल गरी टुङ्गोमा पुग्ने नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका उपनेता एवम् उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले जानकारी दिए ।