समाचार

‘प्रजातन्त्र दिवसले राष्ट्र निर्माणका लागि प्रेरणा प्रदान गरोस्’

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रजातन्त्र दिवसले देश विकास, समृद्धि र समुन्नत राष्ट्र निर्माणका लागि प्रेरणा प्रदान गरोस् भनि शुभकामना दिएका छन् । आज फागुन ७ मा मनाइँदै गरिएको राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा एक सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले यस्तो शुभकामना दिएका हुन् ।...

सशस्त्र प्रहरीका डीएसपी पक्राउ

काठमाडौं । सार्वजनिक ठाउँमा महिलाको भिडियो बनाएको आरोपमा सशस्त्र प्रहरी बलका एक जना डीएसपी पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको ४ नम्बर बाहिनी पोखरामा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) तुलसिंह केसी पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार, उनले एवान रेष्टुरेन्टमा अनुमतिविना महिलाको भिडियो...

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा प्रजातन्त्र दिवसको शुभकामना व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले एक सन्देश जारी गर्दै लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन् । शुभकामना सन्देशमा राष्ट्रपतिले भनेका छन्, ‘मुलुकको...

कांग्रेस महासमिति बैठक आजबाट

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आजबाट सुरु हुने भएको छ र राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर आजबाट ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा कांग्रेस महासमिति बैठक सुरु गर्न लागेको हो । बैठक आजबाट फागुन १० गतेसम्म ललितपुरको गोदावरीमा संचालन हुनेछ । आज दिउँसो १ बजे महासमितिको बैठकको उद्घाटन कांग्रेस...

तनहुँमा जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा १८ च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृतकको सनाखत भएको...

आज प्रजातन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक विदा

काठमाडौं । आज देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । वि सं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रजातन्त्र दिवस मनाइने भएको हो । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए ।...

बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामाजारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार अन्तिम क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो । आइतबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा आयोजक बागमती खेलकुद विकास समितीलाई ४–० गोलले हराउँदै...

चलचित्र पत्रकार संघको प्रथम राष्ट्रिय भेला हेटौंडामा

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला सुरु भएको छ । संस्था स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले शनिबारबाट सुरु भएको राष्ट्रिय भेलाको औपचारिक उद्घाटन भने आज गरिएको हो । आगामी फागुन ८ गतेसम्म संचालन हुने राष्ट्रिय...

रौतहटमा कर्फ्युको क्षेत्र थप गर्ने

रौतहट । जिल्ला प्रशासन कार्यालय गैर, रौतहटले कर्फ्युको क्षेत्र थप गर्ने निर्णय गरेको छ । रौतहटमा हिन्दु र मुस्लिम समुदायबिच दोहोरो झडप भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्युको क्षेत्र थप गर्ने निर्णय गरेको हो । जिल्लाको ईशनाथ नगरापालिका–७ स्थित घिउरा गाउँमा सरस्वती पूजाको मूर्ति विसर्जन गर्ने विषयमा सुरु भएको विवाद...

आइतबार सेयर बजारमा २७ अंकको गिरावट

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.२१ अंकले घटेर बन्द भएको छ । कारोबार अवधिदेखि नै घट्न सुरु गरेको नेप्से परिसूचक अन्तिम समयसम्ममा १.३१ प्रतिशत घटेर बन्द भएको हो । यससँगै २०६० अंकबाट सुरु परिसूचक २०३४ अंकमा पुगेर रोकिएको छ ।...