बकैयामा आज सार्वजनिक विदा

तु खबर संवाददाता
२०८० फाल्गुन १५,मंगलवार ०९:०८

मकवानपुर । राष्ट्रिय मगर दिवसको अवसरमा आज बकैया गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।

गत फागुन ५ गते बसेको कार्यपालिका बैठकले फागुन १५ गते राष्ट्रिय मगर दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

बकैया गाउँपालिकाले सबै धर्म तथा समुदायको सम्मान गर्ने र सबैलाई समान दृष्टिकोणबाट हेर्ने भएकाले मगर समूदायको सम्मानको लागि मंगलबार सार्वजनिक विदा दिइएको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले बताए ।

बकैयामा कूल जनसङ्ख्यामध्ये १५ प्रतिशत मगर समुदाय रहेको उनले बताए । मगर समूदाय नेपालको पुरानो आदिवासी समूदायमध्येको एक हो ।