माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने गरी आह्वान गरिएको हो ।
बैठकमा समसामयिक राजनीतिक विषय र विधान अधिवेशनले लिएका निर्णयअनुसार वैज्ञानिक, वस्तुवादी र प्रभावकारी ढङ्गले कार्य सम्पादन हुने गरी नेताहरूको कार्य विभाजन गर्ने विषयमा छलफल हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार, बैठकमा नेताहरूको मूल्याङ्कन, चैत–वैशाखमा संचालन हुने अभियानबारे पनि छलफल गरी नेताहरूको कार्य विभाजन हुनेछ ।