विवाह वर्षगाँठको अवसरमा अक्षयकोषलाई सहयोग

तु खबर संवाददाता
२०८० फाल्गुन १५,मंगलवार १६:१४

मकवानपुुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयले स्थापना गरेको अक्षयकोषमा सहयोग रकम प्राप्त भएको छ ।

मंगलबार हेटौंडा–४ निवासी दीपक सुुवेदी र सृजना पौडेल दम्पत्तिले विवाह वर्षगाँठको अवसरमा सो विद्यालयले स्थापना गरेको अक्षयकोषमा ११ हजार एक सय ११ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

सुवेदी दम्पतिले हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलको उपस्थितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की र विद्यालयका प्रधानाध्यापक श्रीराम दाहाललाई सो सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

नगदसहित सुवेदी दम्पत्तिले विद्यालयका लागि ३० थान विभिन्न प्रजातिका फुलका बिरुवा पनि हस्तान्तरण गरेको थियो । सहयोग रकम र बिरुवा हस्तान्तरण कार्यक्रममा श्रमिक मावि पूर्वविद्यार्थी समाजका संयोजक सुरेश श्रेष्ठको पनि सहभागिता रहेको थियो ।