अवैध गाँजासहित ट्रक चालक पक्राउ

धादिङ । धादिङको गजुरी गाउँपालिका–२ स्थित सडकबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित मंगलबार बिहान एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सर्लाही लालबन्दी नगरपालिका–७ बस्ने २९ वर्षीय सन्तोष कुमार साहलाई पक्राउ गरेको जनाएको छ ।
साहलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले गाँजा ६ सय २० किलो ४४ ग्रामसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, मधेश प्रदेश ०३–००१ ख ८३०९ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने क्रममा कबाडीको समानभित्र लुकाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक साहलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।