समाचार

७ महिनामा १२ अर्ब ५८ करोडको सुन भित्रियो

काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको पछिल्लो ७ महिनामा १२ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ बराबरको सुन भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आवको साउन महिनादेखि माघ महिनासम्म सो रकम बराबरको सुन आयात भएको हो । गत वर्षको सोही अवधिमा १२ अर्ब ५७...

बागमती प्रदेश सभाको बैठक स्थगित

मकवानपुर । बागमती प्रदेश सभाको आज विहान ११ः३० बजे बस्ने भनिएको बैठक विशेष कारणबस स्थगित गरेर भोलि बिहान ११ः३० बजे बस्ने भएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभाको वर्षे अधिवेशनको असारमा बजेट प्रस्तुत गर्ने क्रममा प्रमुख प्रतिपक्ष लगायतका दलहरुले असन्तुष्टि जनाई संसद केही दिनको लागि अवरुद्ध गरेपछि...

हेटौंडामा ४२ औं मगर दिवस मनाइयो

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ४२ औं मगर एकता दिवस भव्यताका साथ मनाइएको छ । मंगलबार नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा बृहत साँस्कृतिक महोत्सव एवम् फुड फेस्टिवलको आयोजना गरी मगर स्थापना दिवस मनाएको हो । कार्यक्रम नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष सन्देश...

बागमती प्रदेशसभा बैठक आज पनि बस्दै

मकवानपुर । बागमी प्रदेशसभाको बैठक आज पनि बस्ने भएको छ । मंगलबारबाट सुरु भएको बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आज पनि बस्ने भएको हो । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठक आज बिहान साढे ११ बजे बस्ने गरी बोलाएका छन् । प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य भएको करिब चार महिनापश्चात हिजोबाट हिउँदे...

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आज बस्ने भएको छ । मंगलबार समितिको बैठक बोलाइएको भएपनि अन्तिम समयमा स्थगित भएको थियो । बैठक सिंहदरबारस्थित समितिको हलमा बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ । आजको बैठकमा समितिमा उठेका सवाल र निर्देशनहरूका विषयमा प्रधानमन्त्री पुष्पकमल...

मकवानपुरमा पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु

मकवानपुर । मकवानपुरमा बिजुलीको पोल ढलेर लाग्दा आज बिहान एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका वडा नम्वर ७ का वडा सदस्य रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, मंगलबार दिउँसो साढे...

फोनिजद्वारा गलत इतिहास सच्याउन अल्टिमेटमसहितको स्मरणपत्र

मकवानपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले नेपाल पत्रकार महासंघलाई आफ्नो गलत इतिहास सच्याउन ७ दिने अल्टिमेटमसहितको स्मरणपत्र बुझाएको छ । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेकाले इतिहास सच्याउन माग गर्दै फोनिज मकवानपुरले मंगलबार एक कार्यक्रमबीच फोनिजको संघीय अभियान अन्तरगत स्मरणपत्र बुझाएको हो ।...

मकवानपुरमा माझी समुदायले मनाए लदी पर्व

मकवानपुर । मकवानपुरमा लदी पर्व मनाइएको छ । जिल्लाको बागमती र बकैया गाउँपालिकामा बसोबास गर्ने माझी समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी उक्त पर्व मनाइएको हो । माझी समुदायले विशेष पूजाआजाका साथ आफ्नो प्रमुख चाड लदी पर्व मनाएको हो । नदी छेउमा गई बोका, पाठी, परेवा र कुखुराको बली दिने...

माओवादी स्थायी समिति बैठकः कार्यविभाजनबारे अन्तिम रुप दिने

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको हो । सो बैठकमा नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने तयारी रहेको छ । बैठकमा आगामी जागरण अभियानबारे पनि छलफल हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । यसअघि मंगलबारको...

बागमतीमा आजबाट भेडाबाख्रालाई पीपीआर खोप लगाइँदै

मकवानपुर । बागमती प्रदेशमा सप्ताहव्यापी खोप अभियान संचालन गरी आजबाट प्रदेश भित्रका १५ लाख ९४ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाइने भएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज फागुन १६ गतेदेखि २२ गतेसम्म खोप अभियान संचालन गरी भेडाबाख्रालाई पीपीआर रोगविरुद्ध खोप लगाउन लागिएको जनाएको छ । मन्त्रालयका...