७ महिनामा १२ अर्ब ५८ करोडको सुन भित्रियो

तु खबर संवाददाता
२०८० फाल्गुन १६,बुधबार १५:३६

काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको पछिल्लो ७ महिनामा १२ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ बराबरको सुन भित्रिएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आवको साउन महिनादेखि माघ महिनासम्म सो रकम बराबरको सुन आयात भएको हो ।

गत वर्षको सोही अवधिमा १२ अर्ब ५७ करोड ७४ लाख रुपैयाँको सुन नेपाल आयात भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालमा सुनको मूल्य प्रतितोला १ लाख १८ हजारको हाराहारीमा छ ।