समाचार
नेपाल टप गरेको खुशीयालीमा बाजागाजासहितको र्याली
मकवानपुर । हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले सर्वोकृष्ट नतिजा निरन्तर हाँसिल गर्न सफल भएको भन्दै बुधबार हेटौंडामा बाजागाजासहितको र्याली निकालेको छ । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको बीबीए पाँचौं सेमेस्टरको नतिजामा मकवानपुर बहुमुखी क्याम्पस नेपाल टप हुन सफल भएको खुशीयालीमा बुधबार र्याली निकालिएको हो । बीबीए पाँचौ...
निर्मल माविको अध्यक्षमा पुनः अमृत ओली
मकवानपुर । मकवानपुरको हेटौंडा–, बस्तिपुरस्थित निर्मल माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः अमृत ओली चयन भएका छन् । बुधबार बसेको व्यवस्थापन समितिको बैठकबाट उनी दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष पदमा चयन भएका हुन् । यसअघि गत माघ १९ गते ४८ औं अभिभावक भेला सम्पन्न भएको थियो । अभिभावक भेलाका...
आज चार संसदीय समितिको बैठक आह्वान
काठमाडौं । आज ४ वटा संसदीय समितिको बैठक आह्वान गरिएको छ । जसअनुसार आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो । आज उद्योग तथा वाणिज्य र श्रम...
हेटौंडामा गोली प्रहार गरेर रकम माग्ने ३ जना पुर्पक्षका लागि थुनामा
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ स्थित सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार गरेर रकम माग्ने ३ जनालाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ । अदालतले हेटौंडा–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।...
६ दिने आधारभूत सहकारी लेखापालन तालिम सकियो
मकवानपुर । हेटौंडामा आयोजित ६ दिने आधारतूत सहकारी लेखापालन तालिम सकिएको छ । मकवानपुर जिल्ला सहकारी संघको आयोजना तथा बागमती प्रदेश सहकारी विकास बोर्डको सहयोगमा गत शुक्रबारबाट सुरु भएको तालिक हिजो बुधबार सकिएको हो । मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देबकोटाले तालिमबाट सिकेका सीपलाई व्यवहारमा लागू गर्न सहभागीहरुलाई...
आजको मौसमः कोशी र गण्डकीमा हल्का हिमपात
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज कोशी र गण्डकी प्रदेशमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको हो । साथै महाशाखाका अनुसार, आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली...
हेटौंडाबाट चार जना पक्राउ
मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित रातोमाटेबाट प्रहरीले अवैध लागूऔषधसहित बुधबार चार जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले ४२ किलो ५०० ग्राम लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा चितवनको कालिका नगरपालिका वडा...
बुधबार स्थगित बागमती प्रदेश सभा बैठक आज बस्दै
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बुधबार बिहान ११ः३० बजे बस्ने भनिएको प्रदेश सभा बैठक आज बस्ने भएको हो । प्रदेश सभा सचिवालयले बुधबार विशेष कारणबस देखाउँदै आज बिहान साढे ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएको थियो । प्रदेश सभाको वर्षे अधिवेशनको असारमा बजेट...
मकवानपुरको बकैयामा आज शोक विदा
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाले आज फागुन १७ गते शोक विदा दिएको छ । बकैया–७ का वडा सदस्य रामकुमार तितुङको बुधबार भएको असहमाहिक निधनपछि पालिकाले एक सूचना जारी गर्दै बिहीबार शोक विदा दिने जानकारी गराएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा जारी गरिएको सूचनामा गाउँपालिकाका सम्पूर्ण सरकारी...
मकवानपुर प्रहरीद्वारा लागूऔषधसहित दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले ५ किलो १०० ग्राम लागूऔषध गाँजासहित मंगलबार दिउँसो भीमफेदी गउँपालिका वडा नम्वर २ भैंसे चेकपोष्ट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...










