समाचार
पक्राउ परेका मिटरब्याज पीडितलाई रिहा गर्न सांसदको माग
काठमाडौं । फागुन १४ गते संसद भवन परिसरमै छिरेर आन्दोलन गर्ने क्रममा पक्राउ परेका मिटरब्याज पीडितलाई रिहा गर्न एमाले सांसदले माग गरेको छ । राष्ट्रिय सभा सदस्य विमला घिमिरेले बिहीबार बसेको बैठकमा मिटरब्याज पीडितहरुका माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै मिटरब्याज पीडितलाई रिहा गर्न माग गरेकी हुन् । उनले...
जवरजस्ती करणी गरेको आरोपमा ६० वर्षीय पुरुष पक्राउ
कैलाली । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप प्रहरीले कैलालीबाट एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको टीकापुर नगरपालिका–१ शक्ति नगर शिविर बस्ने ६० वर्षीय आशाराम चौधरी रहेको प्रहरीले जनाएको छ । चौधरीलाई ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, चौधरीमाथि...
रुबेला खोप नलगाएका ५५ प्रतिशतमा दादुरा पुष्टि
काठमाडौं । नेपालमा दादुरा–रुबेला खोप नलगाएका ५५ प्रतिशतमा दादुर पुष्टि भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुरा पहिचान भएका आधाभन्दा बढी बालबालिकाले दादुरा–रुबेला खोप नलगाएको पाएको जनाएको हो । मन्त्रालयका अनुसार, उक्त तथ्याङ्क २०७९ साल मङ्सिर ३ गतेदेखि २०८० साल मङ्सिर १४ गते सम्मको हो । यसमा...
पेन्सन कोषको पैसा ब्याजमा लगानी गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको १४ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले इजाजत पत्र प्राप्त क, ख र ग वर्गका बैंकमा एक वर्षका लागि उक्त रकम मुद्दती निक्षेपमा राख्ने भएको हो । कूल निक्षेपमध्ये ११ करोड २० लाख रुपैयाँ वाणिज्य बैंकमा, २...
मकवानपुरका किसानहरु आन्दोलनमा उत्रिए
मकवानपुर । दूधको पैसा नपाएपछि मकवानपुरका किसानहरु आन्दोलनमा उत्रिएका छन् । बिहीबार मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडको आन्दोलनलाई ऐक्वबद्धता जनाउँदै हेटौंडामा प्रदर्शन गरेको हो । प्रर्दशनमा मकवानपुरका करिब ६ हजार दुग्ध किसानको उपस्थिति रहेको थियो । उनीहरुले राजमार्ग बन्द गरेका थिए । प्रदर्शनमा...
बागमती प्रदेश सभा बैठकः विशेष समिति गठन
मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्नमा बसेको बैठकबाट बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समिति गठन गरिएको छ । उक्त बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुबीच भएको सहमति अनुसार ११ सदस्यीय विशेष समिति गठन गरिएको हो । समितिको संयोजकमा प्रदेश सभा सदस्य गोविन्द लम्साल रहेका छन् । यस्तै, सदस्यहरुमा...
बागमती प्रदेश सभामा प्रदेश हस्तकलाग्राम विधेयक प्रस्तुत
मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्न बसेको बैठकमा प्रदेश हस्तकलाग्राामको स्थापना तथा संचालन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गरिएको छ । प्रदेश सभाको हिउँदे अधिवेशनको तेस्रो अर्थात आज बसेको दोस्रो बैठकमा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले उक्त विधेयकमाथि...
बागमती प्रदेश सभा बैठक फागुन २९ गतेसम्मका लागि स्थगित
मकवानपुर । बागमती प्रदेश सभाको बैठक यही फागुन २९ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले फागुन २९ गते ३ बजे बस्ने गरी आजको बैठक स्थगित गरेका हुन् । आज प्रदेश सभाको दुई वटा बैठक बसेको थियो । आज बसेको पहिलो बैठकमा बजेट तथा...
लागूऔषधसहित ३ जना पक्राउ
झापा । झापाको मेचीनगर नगरपालिका–६ बाट प्रहरीले लागूऔषध खैरो हेरोइन ४७ ग्रामसहित तीन जनालाई बुधबार साँझ पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो । फक्राउ पर्नेहरुमा अर्जुनधारा नगरपालिका–१० कालिस्थान घर भई...
राष्ट्रिय सभा बैठक बस्दै
काठमाडौं । संघीय सांसदअन्तर्गत पर्ने राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवम् अभ्यास सम्बन्धमा स्थलगत अध्ययन, अनुगमन एवम् अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० सभा समक्ष पेस गर्ने...









