रुबेला खोप नलगाएका ५५ प्रतिशतमा दादुरा पुष्टि

तु खबर संवाददाता
२०८० फाल्गुन १७, बिहीबार १७:२७

काठमाडौं । नेपालमा दादुरा–रुबेला खोप नलगाएका ५५ प्रतिशतमा दादुर पुष्टि भएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुरा पहिचान भएका आधाभन्दा बढी बालबालिकाले दादुरा–रुबेला खोप नलगाएको पाएको जनाएको हो ।

मन्त्रालयका अनुसार, उक्त तथ्याङ्क २०७९ साल मङ्सिर ३ गतेदेखि २०८० साल मङ्सिर १४ गते सम्मको हो ।

यसमा शङ्कास्पद बिरामीको नमुना सङ्कलनको प्रयोगशाला परीक्षणबाट १ हजार ३४९ जना दादुरा रोगका बिरामी पुष्टि भएका थिए । ती मध्ये १ जनाको मृत्यु भएको थियो ।

दादुरा पुष्टि भएकामध्ये ७४ प्रतिशत ९ महिनादेखि १५ वर्ष मुनिका र बाँकी ९ महिनादेखि ५ वर्ष मुनिका थिए ।

हाल देशभर दादुरा–रुबेलाको खोप अभियान संचालनमा छ । सो अभियान आगामी चैत्र ७ गतेसम्म जारी रहनेछ । यस अभियान देशभरका ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई खोप लगाइने सरकारको लक्ष्य रहेको छ ।