समाचार

जनमत पार्टीद्वारा केन्द्रीय समिति बैठक आह्वान

काठमाडौं । जनमत पार्टीले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । आगामी चैत ३ र ४ गते पर्साको वीरगञ्जमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको हो । बैठकमा सरकारको समीक्षालगायत संगठन विस्तारको विषयमा छलफल हुने जनाइएको छ । जनमत पार्टीले मधेश प्रदेश सरकार छाडिसकेको छ । संघीय सरकारलाई निरन्तरता...

नगद रकमसहित ९ जुवाडे प्रहरीको नियन्त्रणमा

कास्की । प्रहरीले कास्कीबाट नगद रकमसहित ९ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले बिहीबार उनीहरूलाई नगद ९४ हजार ४० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । जिल्लाको पोखरा महानगरपालिका–५ जिरो किमीस्थित धौलागिरी आगमन रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट २ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार, देशको नवलपरासी पूर्व र मोरङ जिल्लाको विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले नवलपरासी पूर्वमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा विनयी...

प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशसभाको उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको छ । आगामी वैशाख १५, २०८१ सालमा हुने बझाङ प्रदेश (१) को उपनिर्वाचनमा रास्वपाले भाग नलिने निर्णय गरेको हो । प्रतिनिधिसभा उपनिर्वाचनका लागि इलाम केन्द्रित भएको रास्वपाले बझाङको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवारी नदिने महामन्त्री मुकुल ढकालले...

प्रधानमन्त्रीले फागुन २१ गते संसदमा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले यही फागुन २१ गते प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, फागुन १८ गते नै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेपनि काम विशेषले उपत्यका बाहिर रहेकाले २१ गते सम्बोधन गर्नेगरी संघीय संसद् सचिवालयलाई जनाकारी गराएको छ ।...

पालले जिते हेटौंडा रनको उपाधी

मकवानपुर । खुल्ला राष्ट्रिय पुरुष हेटौंडा रन–२०८० को उपाधी काठमाण्डौंका मुकेश पालले जितेका छन् । हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा नगर खेलकुद विकास समितिको आयोजनामा पहिलो पटक हेटौंडामा भएको प्रतियोगितामा निर्धारित ५ किलोमिटरको दुरी १५ मिनेट २२ सेकेन्डमा पार गर्दै पालले उपाधिमाथि हात पारेका हुन् । उनले नगद ६० हजार...

रंगेलीमा डेब्यु गर्दै धिताल

हेटौंडा । मकवानपुरे कलाकार सुन्दर धिताल नेपाली फिल्म ‘रंगेली’ मा मुख्य भूमिकामा देखिने भएका छन् । एक दशकभन्दा बढी समयदेखि मनोरञ्जन क्षेत्रमा अभिनय तथा निर्देशनमा लागेका धितालले यहि फागुन २५ मा रिलिज हुँदै गरेको रंगेलीमा पहिलो पटक डेब्यु गरेका हुन् । उनले यसअघि विभिन्न नाटकहरुमा अभिनयका साथसाथै निर्देशन समेत...

टिपरले टाटा सुमोलाई ठक्कर दिँदा तीन जनाको मृत्यु

विराटनगर । मोरङको बेलबारीमा आज बिहान टिपरले टाटा सुमोलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत जाने बाटोमा भएको उक्त दुर्घटनामा परेर एक जनाको उपचारको क्रममा र दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान ६ः३० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै...

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक पनि आज बस्ने भएको छ । बैठक मध्याह्न १२ः०९ बजे बस्ने गरी बोलाइएको हो । बैठकमा विभिन्न विधेयकहरू पेस गर्ने कार्यसूची रहेको छ । बैठकमा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ‘२२६(क)’ बमोजिम लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सभाका सदस्यहरूको तर्फबाट अनिता देवकोटाले “निर्वाचन...

वायुसेवा संचालक संघको अध्यक्षमा कार्की

काठमाडौं । हवाई सेवा प्रदाय संस्थाहरूको छाता सङ्गठन वायुसेवा संचालक संघको अध्यक्षमा मनोज कार्की चयन भएका छन् । संघको बिहीबार भएको २३ औँ वार्षिक साधारणसभाले संघका महासचिव उनलाई आगामी दुई वर्षका लागि निर्विरोध चयन गरेको हो । उनी समिट एयरका प्रबन्ध निर्देशक रहेका छन् । यस्तै, संघको वरिष्ठ उपाध्यक्षमा...