समाचार

६ महिनामा ८ हजार घरेलु हिंसाका उजुरी दर्ता

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा ८ हजार धरेलु हिंसाका उजुरी दर्ता भएका छन् । चालु आजको साउनदेखि पुससम्मका ६ महिनाको अवधिमा घरेलु हिंसा सम्बन्धी ८ हजार २ सय ०८ वटा मुद्दा दर्ता भएको नेपाल प्रहरीको तथ्यांकमा उल्लेख छ । प्रहरी तथ्याङ्क अनुसार, मदिरा सेवन, तेस्रो व्यक्तिसँगको...

बेपत्ता भएका बालक हेटौंडामा भेटिए

मकवानपुर । चितवनबाट बेपत्ता भएका १३ वर्षीय बालक हेटौंडामा भेटिएका छन् । बुधबार दिउँसो विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएका बालक निकेश बराल बिहीबार भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ती बालक भरतपुर महानगरपालिका–१० एयरपोर्ट पछाडि रहेको ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययन गर्दथे । उनी किन, कसरी...

पाकिस्तानले सबै सामाजिक संजालमाथि प्रतिबन्ध लगाउने

इस्लामवाद । पाकिस्तानमा सामाजिक संजालहरूमाथि प्रतिबन्ध लगाउने भएको छ । त्यहाँको संसदमा एउटा प्रस्ताव पेस गरिएको छ । यसमा फेसबुक, एक्स, युट्युब र इन्स्टाग्रामलगायत सबै सामाजिक सञ्जाल प्लेटफर्ममा प्रतिबन्ध लगाउने माग गरिरहेका छन् । पाकिस्तान पिपल्स पार्टीका सांसद बहरामन्द तांगीले संसदमा उक्त प्रस्ताव पेस गरेका हुन् । उक्त प्रस्तावमा...

६५ किलो गाँजासहित अटो चालक पक्राउ

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–८ स्थितबाट अवैध लागूऔषध गाँजासहित प्रहरीले शुक्रबार राति एक जनालाई पक्राउ गरेको छ । प्रहरीले करिब ६५ किलो गाँजासहित सोही ठाउँ बस्ने ३२ वर्षीय राजु प्रसाद चौधरीलाई पक्राउ गरेको छ । चौधरीलाई प्रहरी चौकी हात्तिलेट र ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले पक्राउ गरेको हो...

सुनसरीमा घरमा आगलागी हुँदा महिलाको मृत्यु

विराटनगर । सुनसरीको इटहरीमा शनिबार मध्यराति भएको आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको इटहरी उपमहानगरपालिका–६, बीपी चोकस्थित विष्णु खड्काको घरमा आगलागी हुँदा जलेर ५२ वर्षीया गोपीमाया कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, कटुवाल सुतेको कोठामा आगलागी भएको थियो । आगोले कोठामा भएका सबैजसो...

विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकै पटक विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्ने भएको छ । जसअनुसार आज बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । बैठकमा भूतपूर्व ब्रिटिश गोर्खा सैनिकका समस्या सम्बन्धमा छलफल हुने जनाइएको छ । त्यस्तै, बिहान ११ बजे नै शिक्षा, स्वास्थ्य तथा सूचना...

हेटौंडामा व्यवस्थापक र लेखापाललाई तालिम

मकवानपुर । मकवानपुरको हेटौंडामा सहकारीका व्यवस्थापक तथा लेखापालहरूका लागि दुई दिने कोपोमिस तालिम आयोजना गरिएको छ । तालिम हेटौंडा उपमहानगरपालिकाका सहकारी महाशाखाले आयोजना गरेको हो । शनिबारबाट सुरु भएको तालिम हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । सो क्रममा प्रमुख अतिथि रहेका बानियाँले संस्थाको आर्थिक...

प्रेस युनियन मकवानपुरको प्रशिक्षण तथा वनभोज कार्यक्रम सम्पन्न

हेटौंडा । नेपाल प्रेस युनियन जिल्ला कार्यसमिति मकवानपुरको प्रशिक्षण विभागले शनिवार प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । युनियन मकवानपुरका उपाध्यक्ष एवम् प्रशिक्षण विभाग प्रमुख कपिल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले प्रेस जगत स्वतन्त्र...

सयपत्री फूल किसान समूहको नेतृत्व मकवानपुरका चौलागाईँलाई

मकवानपुर । सयपत्री फूल उत्पादक किसानको नेतृत्व मकवानपुरका बालकृष्ण चौलागाईँलाई दिइएको छ । समूहको शनिबार हेटौंडामा भएको राष्ट्रिय भेलाबाट चौलागाईँको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । भेला पुष्प अभियन्ता मोहनविक्रम सिलवालको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यमा भएको हो । भेला...

आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी बायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल देशभर साधरणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम र बागमती प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । यस्तै, आज दिउँसो देशभर साधरणतया बदली रहनुका साथै सुदूरपश्चिम,...