समाचार
मनाङमा घर भत्किँदा एक जनाको मृत्यु
मनाङ । मनाङमा शनिबार घर भत्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा धार्चे गाउँपालिका–६ का अन्दाजी ३७ वर्षीय बीरबहादुर घले रहेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । प्रहरीका अनुसार, ङिस्याङ गाउँपालिका–४ मनाङ गाउँका कान्छा गुरुङको घर मर्मतका क्रममा माटोले पुरिएर घलेको मृत्यु भएको हो ।...
आजबाट नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द नहुने
काठमाडौं । आजदेखि नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो बन्द नहुने भएको छ । दैनिक चार घण्टा गाडी रोकेर पुल निर्माणका लागि भित्तो काटिंदै आएको उक्त सडकखण्ड आजदेखि बन्द नहुने भएको हो । ठेकेदारलाई तेस्रो पटक थप गरेको म्याद यही फागुन १२ गते सकिएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम...
बकैयामा ल्होछार विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाको वडा नम्बर ८ बिरेफाँटमा तामाङहरुको धार्मिक तथा साँस्कृतिक महान चाड सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मन्जुश्री सम्वत् २८६० सोनाम ल्होछार (डुक ल्हो/ड्राइगन वर्ष) को अवसरमा शुक्रबार साँस्कृतिक कार्यक्रम आयोजना गर्दै ल्होछार मनाएको हो । कार्यक्रम नेपाल तामाङ घेदुङ बकैया ८...
प्रतिनिधि सभा बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बोलाइएको छ । बैठक संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद्का महासचिव पद्मप्रसाद...
बागमती प्रदेशः सर्वदलीय बैठक आह्वान
मकवानपुर । बागमती प्रदेशका सभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक आह्वान गरेका छन् । सभामुख पाठकले बैठक आज संसद् सचिवालय हेटौंडामा दिउँसो २ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाइका हुन् । सभामुख पाठकले प्रदेशसभा बैठक बस्नुअघि सर्वदलीय बैठक बोलाएका हुन् । संसद् बैठकको कार्यसूचीबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको...
कस्तो रहला आज दिनभरको मौसम ?
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले कोशी तथा मधेस प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ । यस्तै, आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया...
माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति आज बस्ने भएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । बैठकमा रूपान्तरण अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, कार्यविभाजन लगायतका विषयमा छलफल गर्ने एजेन्डा रहेको छ । यसअघि शुक्रबार बस्ने भनिएको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष...
ग्याँस बिक्रेताको कमिसन बढाउन माग
मकवानपुर । ग्याँस बिक्रेता महासंघ नेपालका केन्द्रीय अध्यक्ष चन्द्र थापाले बिक्रेताको कमिसन ग्याँसको मूल्यबाट ५ प्रतिशत तोकिनुपर्ने बताएका छन् । आज हेटौंडा सम्पन्न ग्याँस बिक्रेता महासंघ नेपाल बागमती प्रदेश कार्यसमितिको पाँचौ वार्षिक साधारणसभामा प्रमुख अतिथिसमेत रहेका केन्द्रीय अध्यक्ष थापाले बिक्रेताको कमिसनसँगै व्यवस्थित ग्याँस बजार र डिलर प्रमाणीकरणको काम आफ्नो...
चौघडामा बाँदरले बालीमा क्षति पुर्याउन थालेपछि स्थानीय चिन्तित
मकवानपुर । हेटौंडा–६, चौघडाको विभिन्न स्थानमा बादर तथा अन्य वन्यजन्तुले बालीमा क्षति पुर्याउन थालेपछि स्थानीय चिन्तित भएका छन् । वर्षभरि गरिएको खेती भित्र्याउने बेलामा बाँदर, बँदेल, दुम्सी तथा मृग पसेर विनास गर्ने क्रम बढेसँगै यस क्षेत्रका स्थानीयले जनवारको नियन्त्रणको माग गरेका हुन् । उनीहरुले जनावरको नियन्त्रण तथा त्यसबाट भएको...
बागमती प्रदेशका सभामुखद्वारा सर्वदलीय बैठक आह्वान
मकवानपुर । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक आह्वान गरेका छन् । सभामुख पाठकले यही फागुन १३ गते संसद् सचिवालय हेटौंडामा दिउँसो २ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेका हुन् । सभामुख पाठकले प्रदेशसभा बैठक बस्नुअघि सर्वदलीय बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए ।...










