समाचार
हत्याको आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ
धनगढी । कञ्चनपुरमा एक युवकको हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । गत २४ कात्तिकमा झुण्डिएको अवस्थामा मृत भेटिएका बेलौरी नगरपालिका–९ का १८ वर्षीया अनुश रानाको हत्या आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ परेका हुन् । सो घटनाको आरोपमा बेलौरी नगरपालिका–९ का वडाध्यक्ष किसनसिंह राना पक्राउ परेका जिल्ला...
बिहान आह्वान गरिएको सत्ता गठबन्धनको बैठक स्थगित
काठमाडौं । सत्ता गठबन्धनको आज बिहान बस्ने गरी आह्वान गरिएको बैठक स्थगित भएको छ । बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक स्थगित भएको हो । सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै आह्वान गरिएको सो बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको हो । बैठकमा...
रास्वपाको सचिवालय बैठक पार्टी कार्यालयमा जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक हाल जारी छ । बैठक पार्टी कार्यालयमा बसिररहेको हो । सो बैठकमा वर्तमान राजनीतिक परिस्थितिका विषयमा छलफल र आवश्यक निर्णय हुने उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । उनले बैठक जारी रहेको भन्दै वर्तमान परिस्थितिका विषयमा उपयुक्त निर्णय लिइने बताए ।...
बसले ठक्कर दिँदा ट्राफिकका सई घाइते
काठमाडौं । काठमाडौंको कोटेश्वरमा आइतबार ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिँदा घाइते भएका छन् । प्रदेश ३ –०१००५ ख ९७५५ जुनेली यातायातको बसले ठक्कर दिँदा ट्राफिक प्रहरीका सई टोपबहादुर खत्री घाइते भएका हुन् । कोटेश्वरबाट बालकुमारी जाने क्रममा बसले ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।...
आईपीओ जारी गर्दै लोवर इर्खुवा हाइड्रोपावर कम्पनी
काठमाडौं । लोवर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ जारी गर्दैछ । कम्पनीले आईपीओ निष्काशन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको हो । यस कम्पनीले २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको २८ लाख ५ हजार ७५० कित्ता शेयर निष्काशनको माग राख्दै बोर्डमा आवेदन दिएको छ...
अवैध लागूऔषधसहित ७ जना पक्राउ
मकवानपुर । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरेको छ । प्रहरीले देशको बाँके, झापा, कैलाली र मोरङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित सात जनालाई पक्राउ गरेको हो । प्रहरीले बाँकेको नेपालगंज उपमहानगरपालिका–१८ बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २० ग्रामसहित २ जनालाई शनिबार साँझ पक्राउ गरेको छ ।...
होटलको छतबाट खसेर एक जनाको मृत्यु
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित होटेलको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको नौमुले गाउँपालिका–८, बस्ने ५१ बर्षीय दीपबहादुर चन्द रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, वीरेन्द्रनगर–६, स्थित गोदाम लाइनमा रहेको नौलो होटेलको पहिलो तलाबाट खसेर उनको मृत्यु भएको हो । सो घटनाबारे प्रहरीलाई आज...
एक अर्ब रुपैयाँ बराबरको प्याज आयात
काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा एक अर्ब रुपैयाँ बराबरको प्याज आयात भएको छ । सो अवधिमा ४ करोड ६९ लाख किलो प्याज आयात हुँदा १ अर्ब ९९ करोड ५४ लाख रुपैयाँ निकासी भएको भन्सार विभागले जनाएको छ । प्याजबाट सरकारले ४९ करोड ३९ लाख रुपैयाँ राजस्व...
ऊर्जा सम्बन्धी नीति मन्थन गर्दै रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऊर्जा सम्बन्धी नीति मन्थन गर्ने भएको छ । सोमबार काठमाडौँस्थित पर्यटन बोर्डको सभा हलमा नीति मन्थन गर्ने रास्वपाले जनाएको हो । ऊर्जा मन्थनमा तीन वटा सत्र छुट्टाइएको पार्टीको ऊर्जा नीति कार्यदलले जानकारी गराएको छ । पहिलो सत्रमा ऊर्जा विकासका वर्तमान चुनौतीका बारेमा...
विभिन्न स्थानबाट १३ जुवाडे पक्राउ
काठमाडौं । प्रहरीले दुई छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार, काठमाडौंको तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित लोकतान्त्रिक चोकबाट ७ जना र कास्कीको पोखरा महानगरपालिका–८ सभागृह चोकबाट ६ जना गरी १३ जुवाडेलाई पक्राउ गरिएको हो । प्रहरीले जिल्लाको तारकेश्वर मनमैजुस्थित टहरामा जुवातास खेलिरहेको...









