समाचार
मकवानपुरका वाईबासहित दुई जना पक्राउ
काठमाडौं । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बुढानीलकण्ठ नगरपालिका–१२ कपन बस्ने रामेछाप घर भएका १९ वर्षीय कमल भुजेल र मकवानपुर घर भएका १९ वर्षीय साजन वाईबालाई पक्राउ गरेको हो । प्रहरीले १ हजार दरको ६ थान नक्कली नोटसहित उनीहरुलाई शनिबार...
माओवादी स्थायी समिति बैठक ३ बजे बस्ने
काठमाडौं । नेकपा माओवादी केन्दको स्थायी समिति बैठकको समय परिवर्तन भएको छ । बिहान ११ बजे बस्ने भनिएको उक्त बैठक सरेर दिउँसो ३ बजे बस्ने भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि शुक्रबार बस्ने भनिएको बैठक प्रधानमन्त्रीको कार्यव्यस्ताका कारण स्थगित भएको थियो । बैठकको रुपान्तरण अभियानको मुख्याङ्न, आगामी अभियानको...
हेटौंडाका विपन्न छात्रालाई जापानमा निःशुल्क अध्ययनको प्रबन्ध मिलाइने
मकवानपुर । जापानको फुकोउकास्थित क्यूसु मेडिकल स्पोट्स भोकेशनल स्कुलले हेटौंडा उपमहानगरपालिकाका १९ जना छात्राहरुलाई जापानमा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ । जापानको उक्त विद्यालयले उपमहानगरको प्रत्येक वडाबाट एक जनाका दरले १९ जना विपन्न छात्रालाई सत प्रतिशत छात्रवृत्तिमा जापानमा अध्ययनको व्यवस्था मिलाउने भएको हो । आज सो विषयमा...
आइतबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा आज मूल्य बढेर कारोबारमा भएको हो । भाउ बढेसँगै छापावाल सुन तोलामा १ लाख १८ हजार ५०० र तेजाबी...
गोली चलाएको आरोपमा चार जना नियन्त्रणमा
सुर्खेत । वीरेन्द्रनगरमा गएराति गोली चलाएको भन्दै प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएका उनीहरुको पहिचान भने खुलाएका छैन । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त घटनामा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । शनिवार बेलुका वीरेन्द्रनगर नगरपालिका–१, देउतिथान नजिक स्थानीय विनोद गिरीलाई लक्षित गरेर गोली चलेको थियो...
भिरबाट खसरेर जर्मन नागरिकको मृत्यु
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ स्थित मिर्सामा भिरबाट सरेर एक जर्मनी नागरिकको मृत्यु भएको छ । जर्मन घर भएर पोखरा घुम्न गएकी पिया जोसको भिरबाट खसेर मृत्यु भएको हो । शनिबार भिरबाट खसेकी पिया आज बिहान मृत भेटिएकी हुन् । उनको शव सशस्त्र प्रहरी बल नम्बर–२४ कालिका गणबाट खटिएको...
हेटौंडाका युवक पक्राउ
पर्सा । पर्साको वीरगंज महानगरपालिका–१६ रजतज्यन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले हेटौंडाका एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले ३ ग्राम ९७ मिलिग्रामसहित मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ बस्ने २४ वर्षीय नबिन सुनुवारलाई शुक्रबार बेलुकी पक्राउ गरेको हो । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई...
कांग्रेसले आज राष्ट्रिय सभामा निर्वाचित सांसदलाई प्रशिक्षण दिँदै
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलले कांग्रेसबाट राष्ट्रिय सभामा निर्वाचित सदस्यहरूलाई आज प्रशिक्षण दिँदैछ । प्रशिक्षण कार्यक्रम सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान साढे १० बजेबाट सुरु हुने जनाइएको छ । बहालवाला र नवनिर्वाचित राष्ट्रिय सभामा कांग्रेसका सदस्यहरूलाई आज प्रशिक्षण एवम् अन्तरक्रिया गर्न लागेको हो ।
हत्याको आरोपमा दुई जना पक्राउ
मकवानपुर । नेपाल प्रहरीले हत्या गरेको आरोपमा दुई जनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । प्रहरीले रोल्पा र ओदढुंगा जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले रोल्पाको माडी गाउँपालिका–१ जयलखसे बस्ने ३२ वर्षीय भिम बहादुर बुढालाई आफनै श्रीमती हत्या गरेको आरोपमा पक्राउ गरेको छ । मादक...
रुकुम पश्चिममा २८ हजार अस्थायी आवस निर्माण
रुकुम पश्चिम । रुकुम पश्चिममा चार महिनाको अवधिमा २८ हजार भन्दा बढी अस्थायी आवास निर्माण गरिएको छ । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको उक्त जिल्लामा सो अवधिमा २८ हजार ३४ अस्थायी आवास निर्माण गरिएको हो । जिल्लाभर सात हजार तीन हजार...









