नयाँ गठबन्धनको बैठक जारी

तु खबर संवाददाता
२०८० फाल्गुन २१, सोमबार ११:३४
file-photo

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा हाल नयाँ गठबन्धनको बैठक जारी छ ।

सो बैठकमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी रहेका छन् ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद पुनर्गठन हुन लागेको र त्यसका लागि छलफल भइरहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले जसपासँग पनि मन्त्री बन्नेहरुको नाम मागिएको प्रेस सल्लाहकार आचार्यले बताए ।