समाचार

एमाले प्रमुख सचेतकमा मकवानपुरका बर्तौला

मकवानपुरं । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा मकवानपुरका महेश बर्तौला बढुवा भएका छन् । एमाले संसदीय दलका नेता समेत रहेका केपी शर्मा ओलीले मंगलबार बर्तौलालाई प्रमुख सचेतकमा बढुवा गरेका हुन् । यसअघि प्रमुख सचेतक बनेका पदम गिरी मन्त्री भएपछि बर्तौलालाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो । बर्तौला यसअघि...

डोनाल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध खारेज

वासिङ्टन । अमेरिकी सर्वोच्च अदालतले सोमबार राष्ट्रपति चुनावका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध खारेज गरेको छ । यस निर्णयको प्रतिक्रिया दिँदै ट्रम्पले यसलाई अमेरिकाको ठुलो जीत भनेका छन् । डिसेम्बरमा अमेरिकी राज्य कोलोराडोको अदालतले पूर्व राष्ट्रपति ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध लगाएको थियो । त्यसो गर्दा, अमेरिकी संविधानको १४ औँ...

धारिलो हतियार प्रहार गरी किशोरीको हत्या

विराटनगर । मोरङको पथरीशनिश्चरे ७ लामा टोलीस्थित शौचालय गएकी ज्ञानमति थुलुङ राईको गएराति हत्या भएको छ । सुत्नुअघि शौचालय जाने क्रममा बसेकै घरको कम्पाउण्डमा राति १०ः३० बजेतिर अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी राईको हत्या गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार,  हतियार प्रहारबाट गर्धन, अनुहार र दाहिने...

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने गरी बोलाइएको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जनाएको छ । यस्तै, आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी...

नागरिक उन्मुक्ति पार्टीले आकस्मिक बैठक बोलायो 

धनगढी । नागरिक उन्मुक्ति पार्टीले आज आकस्मिक बैठक बोलाएको छ । राजनीतिक समीकरणपछि आगामी राजनीतिक कदम तय गर्न आकस्मिक बैठक बोलाएको सो पार्टीले जनाएको छ । पार्टीका महासचिव गंगाराम चौधरीले पार्टीका पदाधिकारी, प्रदेश र संघका सबै सांसदहरूलाई छलफलमा बोलाएको जानकारी दिए । बैठक बिहान १० बजे काठमाडौंमा बस्ने गरी...

बसको ठक्करबाट बालकको मृत्यु

चितवन । चितवनको भरतपुरमा गएराति बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्बरको बसले ठक्कर दिँदा ९ वर्षीय आरुष पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, भरतपुर महानगरपालिका–७ स्थित माछापुच्छ्रे चोक नजिकै ‘जेब्रा क्रसिङ’ मा हिँडिरहेका बेला बालक...

आज हेटौंडाका तीन विद्यालय बालमैत्री घोषणा हुँदै

मकवानपुर । मकवानपुरको हेटौंडामा आज एकैदिन तीन विद्यालय बालमैत्री घोषणा हुँदैछन् । एउटा संस्थागत र दुई वटा सामुदायिक विद्यालयल बालमैत्री घोषणा हुन लागेको हो । आज हेटौंडा–८ कमानेस्थित चन्द्रोदय मावि र हेटौंडा–१६ स्थित जनप्रिय प्राविधिक माविले एक कार्यक्रमबीच बालमैत्री विद्यालय घोषणा गर्न लागेको हो । यस्तै, आज नै हेटौंडा–२...

हेटौंडा भेट्रान्स कप फुलबल आजबाट

मकवानपुर । नवौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ‘ए’ साईड रनिङ शिल्ड फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । हेटौंडा–५ मा रहेको क्याम्पा रंगशालामा हुने उक्त प्रतियोगिता हेटौंडा भेट्रान्स क्लबको आयोजनामा हुन लागेको हो । प्रतियोगिताको पहिलो दिन मंगलबार पाँच वटा खेल हुनेछ । जसमा पहिलो खेल बिहान ९ बजे...

नयाँ गठबन्धनद्वारा कार्यदलको बैठक आह्वान

काठमाडौं । नयाँ सत्ता गठबन्धन कार्यदलको बैठक आह्वान गरिएको छ । बैठक आज दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी आहवान गरिएको हो । मन्त्रालयको भागबन्डा टुङ्गो लगाउन कार्यदल बैठक बोलाइएको हो । कार्यदलमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका...