समाचार

आज हेटौंडामा साँस्कृतिक महोत्सव तथा फुड फेस्टिवल हुँदै

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आज फागुन १५ गते बृहत साँस्कृतिक महोत्सव तथा फुड फेस्टिवल कार्यक्रम हुँदैछ । कार्यक्रम नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरले आयोजना गर्न लागिएको हो । मगर संघ मकवानपुरले ४२ औं मगर संघ स्थापना दिवसको अवसरमा उक्त साँस्कृतिक तथा फुड फेस्टिवलको आयोजना गर्न...

यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको जनाएको छ । यस्तै, आज दिउँसो र राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा...

बागमती प्रदेशः सर्वदलीय बैठक आह्वान

मकवानपुर । बागमती प्रदेशसभा संचालनका लागि आज पुनः सर्वदलीय बैठक बस्दै छ । गत आइतबार बसेको बैठकमा सहमति नजुटेपछि आज पुनः बस्न आह्वान गरिएको हो । बैठक बागमती प्रदेश सभाको संसद् सचिवालयमा बस्न लागेको हो । यसअघि बसेको बैठकमा संसद् संचालनको विषयमा सहमति जुटे पनि सत्तापक्ष र प्रतिपक्ष दलबिचको...

आज विविध कार्यक्रम गरी मगर एकता दिवस मनाइँदै

मकवानपुर । आज देशैभर विविध कार्यक्रमको आयोजना गरी मगर दिवस मनाइँदैछ । मगर समुदायले आज ४२ औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउने भएको हो । मगर स्थापना दिवसका अवसरमा सबै जिल्लाको जिल्ला मगर सङ्घ, नगर र गाउँपालिकास्तरीय मगर सङ्घसँगै विदेशमा रहेका मगरसँग आबद्ध सङ्घसंस्थाले स्थापना दिवसका...

वित्तीय सुशासन मुल्याङ्कनमा थाहा र मनहरी अब्बल

मकवानपुर  । मकवानपुरको मनहरी गाउँपालिका र थाहा नगरपालिका स्थानीय तह वित्तीय सुशासन मुल्याङ्कनमा समान प्रतिशत प्राप्त गरी प्रथम हुन सफल भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालायद्धारा जिल्ला समन्वय समितिको सहयोगमा मुल्याङ्कन गरिने वित्तीय सुशासनमा मनहरी र थाहा प्रथम भएका हुन् । विशेषगरी यस मुल्याङ्कनमा योजना, वजेट...

हेटौंडामा भोलि साँस्कृतिक महोत्सव तथा फुड फेस्टिवल हुँदै

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा भोलि फागुन १५ गते बृहत साँस्कृतिक महोत्सव तथा फुड फेस्टिवल कार्यक्रम हुने भएको छ । कार्यक्रम नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरले आयोजना गर्न लागिएको हो । ४२ औं मगर संघ स्थापना दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित हुप्राचौरमा सो...

भक्तराज आचार्यको निधन, राष्ट्रिय सम्मानका साथ बिदाइ गरिने

काठमाडौँ । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । आज ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा अपराह्न बाटोमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय आचार्य ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेका थिए । १९९९ सालमा धनकुटामा जन्मिएका आचार्यको नेपाली...

‘सेवाग्राहीको अदालतप्रति आस्था वृद्धि गर्नुपर्छ’

मकवानपुर । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले न्यायपालिकालाई सुधारको प्रकृयाबाट अघि बढाउँदै सेवाग्राहीको अदालतप्रति आस्था वृद्धि गर्नेतर्फ जोड दिएका छन् । प्रधानमन्यायाधीश श्रेष्ठले सोमबार हेटौंडास्थित जिल्ला अदालत मकवानपुरको नवनिर्मत भवनको एक समारोहबीच उद्घाटन गर्दै सो कुरामा जोड दिएका हुन् । उनले अदालतबाट दिने न्यायलाई नागरिकको सम्पतिका सुरक्षा, मानव अधिकारको संरक्षण...

भोलि बकैयामा सार्वजनिक विदा

मकवानपुर । राष्ट्रिय मगर दिवसको अवसरमा भोलि बकैया गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । गत फागुन ५ गते बसेको कार्यपालिका बैठकले भोलि फागुन १५ गते राष्ट्रिय मगर दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । बकैया गाउँपालिकाले सबै धर्म तथा समुदायको सम्मान गर्ने र सबैलाई समान दृष्टिकोणबाट हेर्ने...

जिल्ला अदालत मकवानपुरको नवनिर्मित भवन उद्घाटन

मकवानपुर । मकवानपुर जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले सोमबार एक कार्यक्रमबीच उक्त भवनको उद्घाटन गरेका हुन् । अदालतको नवनिर्मित भवन नेपाल सरकारको रु २३ करोड ७७ लाख ४ हजार अनुदान रकमबाट निर्माण भएको हो । साढे ६ तल्ला रहेको उक्त भवनमा ७...