त्रिशूली नदीमा बस खस्दा ६ जनाको मृत्यु, ३७ जना उद्दार

तु खबर संवाददाता
२०८० फाल्गुन २३, बुधबार ०८:४७
file photo

काठमाडौं । त्रिशूली नदीमा आज बिहानै यात्रुबाहक बस खसेर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

कपिलवस्तुबाट काठमाडौंको लागि छुटेको लु २ ख २१२१ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर मृत्यु हुनेमा पाँच जना पुरुष र एक महिला रहेका छन् । उनीहरुको पहिचान खुलेको छैन ।

नदीमा खसेकामध्ये ३७ जनालाई जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको जनाइएको छ ।

घटनास्थलममा हाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमाण्डमा ६ जना गोताखोरसहित २० जनाको टोली खटिएको छ ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।