समाचार
ठेकेदारलाई शहरी विकास मन्त्रालयको चावी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठेकेदार सांसद धनबहादुर बुढालाई शहरी विकास मन्त्रालयको चावी सुम्पिएका छन् । नेकपा एकीकृत समाजवादीले गरेको सिफारिसका आधारमा प्रचण्डले स्वार्थ बाझिने शहरी विकास मन्त्रालयको जिम्मा बुढालाई दिएका हुन् । यसअघि गत ३ माघमा पनि प्रधानमन्त्री प्रचण्डले कालिका कन्स्ट्रक्सनका सञ्चालक तथा राप्रपा सांसद विक्रम पाण्डेलाई...
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौं । सिन्धुलीमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका–३ सोलाभन्झ्याङ तुफान डाँडास्थित भित्र सडकमा प्र.२–०३–००१ त ४११३ नम्बरको सिमेन्ट र रड बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ट्याक्टरमा सवार सिन्धुलीको फिक्कल गाउँपालिका–५ का ३० वर्षीय दिनेश काफ्ले...
बागमतीका ६ मन्त्रीले दिए पदबाट सामूहिक राजीनामा
मकवानपुर । बागमती प्रदेशका ६ मन्त्रीले आज पदबाट राजीनामा दिएका छन् । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कांग्रेसको तर्फबाट बागमती प्रदेश सरकारमा मन्त्री बनेका ६ जनाले समूहिक राजीनामा दिएका हुन् । उनीहरुले आज साँझ मुख्यमन्त्री शालिकराम जम्कट्टेलकै कार्यकक्षमा पुगेर सामूहिक राजीनामा दिएका हुन् । राजिनाना दिने मन्त्रीहरुमा क्रमशः...
नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने भएको छ । नेकपा एमाले–माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न बुधबार बसेको सचिवालय बैठकले सरकारमा जाने विषयमा निर्णय गरेको हो । नयाँ समिकरणमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले र रास्वपा सहभागी थिए । अब नेकपा...
पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ
काठमाडौं । पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले मंगलबार एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको उमाकुण्ड नगरपालिका ६ घर भई हाल काठमाडौं बालुवाटार बस्ने २६ वर्षीय गोबिन्द थापा रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका...
४ घण्टापछि खुल्यो भैंसे–भीमफेदी सडकखण्ड
मकवानपुर । सुख्खा पहिरोका कारण अवरुद्ध बनेको भैंसे–भीमफेदी सडकखण्ड ४ घण्टापछि खुलेको छ । बुधबार बिहान सडकखण्ड अन्तर्गत भीमफेदी–४ गोल्फिङटारमा गएको सुख्खा पहिरोका कारण अवरुद्ध बनेको सडक बिहान ९ बजेको गएको पहिरो दिउँसो १ बजेपछि मात्रै खुलेको मकवानपुर प्रहरीले जनाएको छ । मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी...
जसपा तत्काल सरकारमा नजाने
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले तत्काल सरकारमा नजाने भएके छ । बालुवाटारमा बसेको गठबन्धनको बैठकमा कुरा नमिलेका कारण तत्काल सरकारमा नजाने भएको हो । जसपाका कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादवले आफूहरुका लागि मधेश प्रदेशको सरकार सुनिश्चित नभएका कारण तत्काल सरकारमा नजाने जानकारी दिए । नेकपा एकीकृत समाजवादी सरकारमा...
नयाँ गठबन्धनः मन्त्रिपरिषद्मा १८ सदस्य
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वमा बनेको नयाँ सरकोको मन्त्रीपरिषद्मा १८ सदस्य रहेका छन् । सोमबार तीन जनाले विनाविभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा बुधबार प्रचण्डले थप १४ जना मन्त्री थपेका हुन् । उनीहरूको कार्यविभाजन गरेर प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयमा सूची पठाएका छन् । १४ जना मन्त्रीको...
नेप्से ९.३३ अंकले बढ्यो, तीन अर्बमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको चौथो दिन एवम् बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.३३ अंकले बढेको छ । सोमबार सकारात्मक सर्किट र मंगलबार उच्च अंकको गिरावटपछि आज बजारमा केही सुधार आएको हो । परिसूचक ९ दशमलव ३३ अङ्कले बढेर दुई हजार १७ दशमलव ०३ अङ्कमा पुगेको छ ।...
लुम्बिनीमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो
काठमाडौँ । लुम्बिनीमा माओवादी केन्द्रले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक इन्द्रजित थारुले समर्थन फिर्ता लिएको जानकारीसहितको पत्र मुख्यमन्त्रीको सचिवालयमा बुझाएको जानकारी दिए ।...









