४ घण्टापछि खुल्यो भैंसे–भीमफेदी सडकखण्ड

तु खबर संवाददाता
२०८० फाल्गुन २३,बुधबार १७:२७

मकवानपुर । सुख्खा पहिरोका कारण अवरुद्ध बनेको भैंसे–भीमफेदी सडकखण्ड ४ घण्टापछि खुलेको छ ।

बुधबार बिहान सडकखण्ड अन्तर्गत भीमफेदी–४ गोल्फिङटारमा गएको सुख्खा पहिरोका कारण अवरुद्ध बनेको सडक बिहान ९ बजेको गएको पहिरो दिउँसो १ बजेपछि मात्रै  खुलेको मकवानपुर प्रहरीले जनाएको छ ।

मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, सडकखण्ड अवरुद्ध हुदा डाईभर्सन गरेर यातायात चलाइएको थियो ।