समाचार
एमाले सचिवालयको बैठक बस्दै
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने भएको हो । सो बैठकमा समसामयिक विषयहरूमा छलफल हुने नेताहरूले जनाएका छन् । यस्तै, बैठकमा बद्लिएको राजनीतिक परिवेश, पार्टीका नियमित गतिविधि र पूर्वनिर्धारित कार्यक्रमहरूका विषयमा छलफल हुनेछ । हालै सरकारमा सहभागी...
आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
काठमाडौं । आज ८ मार्च, अर्थात् ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । विश्वभर विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइने भएको हो । महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ । यस वर्षको महिला दिवसको नारा महिलामा लगानी, सभ्य...
आज यी प्रदेशमा हल्का हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिनन तीन प्रदेशमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको हो । महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको र...
देशभरका शिवालयमा पूजा–आराधना गरी महाशिवरात्रि मनाइँदै
काठमाडौं । आज भगवान् शिवको पूजा–आराधना गरी देशभर महाशिवरात्रि पर्व मनाइँदैछ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने उक्त महाशिवरात्रि आज परेको हो । आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।...
लुटेरा समूहको कुटपिटबाट एक जनाको मृत्यु
बाँके । बाँकेमा लुटेरा समूहको कुटपिटबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । लुटेरा समूहको कुटपिटबाट जानकी गाउँपालिका–३ का ४० वर्षीय सन्तोष कठरियाको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बुधबार राति साढे ११ बजेको समयमा ५/६ जनाको समूह लुटनका लागि कठरियाको...
पराराष्ट्र मन्त्री र चिनियाँ राजदूतबीच भेतवार्ता
काठमाडौं । नवनियुक्त पराराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ । उनीहरुबीच बिहीबार मन्त्री श्रेष्ठको कार्यालयमा भेटवार्ता भएको हो । सो क्रममा राजदूत सोङले मन्त्र श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए । भेटमा दुई देशबीचको सहकार्यको विषयमा छलफल भएको थियो । परराष्ट्र मन्त्री श्रेष्ठलाई...
हेटौंडा जेसीजको आयोजनामा अन्तर क्याम्पस टी २० क्रिकेट प्रतियोगिता हुँदै
मकवानपुर । हेटौंडा जेसीजको आयोजनामा हेटौंडामा अन्तर क्याम्पस टी २० क्रिकेट प्रतियोगिता हुने भएको छ । हेटौंडा जेसीज वर्ष सन् १९९२ का अध्यक्ष पूर्ण शाक्यको स्वर्गीय आमा अष्टकुमारी शाक्यको स्मृतिमा फागुन २६ गतेबाट प्रतियोगिता आयोजना गर्न लागिएको आज पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो । प्रतियोगितामा मकवानपुरको हेटौंडा स्कुल अफ...
उपेन्द्रले पाए स्वास्थ्य मन्त्रालयको जिम्मेवारी
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् । अध्यक्ष यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएको यो दोस्रो पटक हो । यससँगै जसपाले अध्यक्ष यादवकै नेतृत्वमा नयाँ गठबन्धनको सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । बुधबार मात्रै सरकारमा तत्काल...
कारोबारको अन्तिम दिन १३ अंकले बढ्यो नेप्से
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्सेमा सुधार आएको छ । आज नेप्से १३.५१ अंकले बढेर २०३० को विन्दुमा कायम भएको हो । यस दिन तीन अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । यस्तै, बिहीबार १० उपसूचकमा हरियाली छाउदा तीन उपसूचकमा...
बागमती प्रदेश सभा सचिवालयका अधिकृत पक्राउ
हेटौंडा । बागमती प्रदेश सभा सचिवालय हेटौंडामा कार्यरत अधिकृत छैटौँ तहमा कार्यरत रामचन्द्र अर्याल पक्राउ परेका छन् । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा अर्याल पक्राउ गरेका हुन् । अर्याललाई जिल्ला प्रहरी कार्यालय काभ्रेको अनुरोधमा बुधबार प्रदेश सभा सचिवालयबाटै मकवानपुर प्रहरीले...








