आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

तु खबर संवाददाता
२०८० फाल्गुन २५, शुक्रबार ०९:०३

काठमाडौं । आज ८ मार्च, अर्थात् ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । विश्वभर विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइने भएको हो ।

महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

यस वर्षको महिला दिवसको नारा महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ दिइएको छ ।

दिवसका अवसरमा नेपालमा पनि विविध कार्यक्रमहरू आयोजना गरिँदै छ ।