एमाले सचिवालयको बैठक बस्दै

तु खबर संवाददाता
२०८० फाल्गुन २५, शुक्रबार ०९:०९
file-photo

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।

सो बैठकमा समसामयिक विषयहरूमा छलफल हुने नेताहरूले जनाएका छन् ।

यस्तै, बैठकमा बद्लिएको राजनीतिक परिवेश, पार्टीका नियमित गतिविधि र पूर्वनिर्धारित कार्यक्रमहरूका विषयमा छलफल हुनेछ ।

हालै सरकारमा सहभागी भएको एमालेले उपप्रधानसहित ८ मन्त्री सरकारमा पठाएको छ ।