समाचार
कांग्रेसले सार्वजनिक लेखा समिति सभापतिमा दाबी गर्ने
काठमाडौं । नेपाली कांग्रेसले संसद्को सार्वजनिक लेखा समितिको सभापति पद दाबी गर्ने भएको छ । संसदमा प्रमुख प्रतिपक्षी दल बनेसँगै कांग्रेसले सो समितिमा दाबी गर्ने भएको हो । कांग्रेसका प्रमुख सचेतक लेखकले सो समितिको नेतृत्वमा कांग्रेसले दाबी गर्ने बताएका हुन् । संघीय संसद्का १६ वटा विषयगत समितिमध्ये सबैभन्दा महत्त्वपूर्ण...
दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टियो, ६ जना बेपत्ता
सियोल । इन्डोनेसियाली नागरिक सवार दक्षिण कोरियाली माछा मार्ने डुङ्गा शनिवार देशको दक्षिणी तटमा पल्टिएको छ । २९ टन क्षमताको डुङ्गा तटीय शहर तोङयोङको एक टापुबाट ६८ किलोमिटर दक्षिणमा समुद्रमा पल्टिएको दक्षिण कोरियाली योनहाप समाचार संस्थाले जनाएको छ । कोरिया कोस्ट गार्डको टोङयोङ कार्यालयले एएफपीलाई दिएको जानकारीअनुसार चालक दलका...
करेन्ट लागेर दुई जनाको मृत्यु
कालीकोट । कालीकोटको नरहरीनाथ गाउँपालिका–८ मा आज बिहान करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गङ्गा थापा रहेका छन् । विद्युतको सवस्टेशनबाट चाखा काल्ढुङ्गा भन्ने स्थानमा सबलाइन विस्तार गर्ने क्रममा करेन्ट लागेको उनको मृत्यु भएको...
हेटौंडा भेट्रान्सको फाइनल खेल आज हुँदै
मकवानपुर । हेटौंडामा जारी नवौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ‘ए’ साईड रनिङ शिल्ड फुटबल को फाइनल खेल आज हुँदैछ । हेटौंडा भेट्रान्स क्लबको आयोजनामा हेटौंडा ५, स्थित क्याम्पा रंगशालामा जारी प्रतियोगिताको फाइनल आज हुने भएको हो । आज दिउँसो २ बजेदेखि सुरु हुने प्रतियोगिताको उपाधिको लागि किङ्गकम भेट्रान्स...
३३ श्रमिक महिलालाई सम्मानित
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले विभिन्न पाँच क्षेत्रका ३३ जना श्रमिक महिलालाई सम्मान गरेको छ । उपमहानगरपालिकाले १ सय १४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उनीहरुलाई सम्मान गरेको हो । उपमहानगरले १९ वटा वडाका एक–एक जना महिलालाई सम्मान गरेको हो । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा व्यवसायमा संलग्न भई प्रेरणादयी...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, शनिबार कोशी, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका...
बिहानै भूकम्पको धक्का महसुस
काठमाडौं । कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ७ः३० बजेको समयमा ४ दशमलव ० रेक्टर स्केलको भूकम्प धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्पको धक्का आसपासका जिल्लामा पनि...
राष्ट्रपतिद्वारा पशुपतिनाथ मन्दिरमा पुगेर पूजा–आराधना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन तथा पूजा आराधना गरेका छन् । नेपालका राष्ट्राध्यक्षले शिवरात्रिका दिन आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने प्रचलन अनुसार, उनेले पशुपतिनाथको दर्शनसँगै पूजा–आराधना गरेका हुन् । शिवभक्तहरुले शिवरात्रिका दिन ब्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र आदि...
बेलायत पठाउँछु भनेर २९ लाख ठगी, युवती पक्राउ
काठमाडौं । बेलायत पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ घर भई हाल ललितपुरको भैंसेपाटी बस्ने ३४ वर्षीया लक्ष्मी लिम्बु रहेको प्रहरीले जनाएको छ । उनलाई भैंसेपाटीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । प्रहरीका अनुसार, मोरङको उर्लाबारी...
७ जना मृत अवस्थामा फेला
काठमाडौं । काठमाडौंसहित देशको विभिन्न स्थानमा ७ जना मृत अवस्थामा भेटिएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार, काठमाडौं, धनकुटा, मोरङ, सोलुखुम्बु, सिन्धुपाल्चोक, सिन्धुपाल्चोक, गुल्मी र कैलाली जिल्लाको विभिन्न स्थानमा ७ जना मृत भेटिएका हुन् । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ तारेभिर भन्दा माथी शिवपुरी राष्ट्रिय निकुन्ज जंगलमा एक किशोरी मृत भेटिएका...










