समाचार

बालबालिको निःशुल्क कान परीक्षण

मकवानपुर । मकवानपुरको हेटौंडामा निःशुल्क कान परीक्षण शिविर संचालिन गरिएको छ । हेटौंडा–२ स्थित सिद्धार्थ माविका बालबालिकाको लागि कानको निःशुल्क परीक्षण शिविर संचालन गरिएको हो । शिविर किवानिज क्लब अफ मकवानपुरले आयोजना गरेको हो । शिविरको हेटौंडा उपमहानगरका प्रवक्ता सबिन न्यौपानेले उद्घाटन गरेका थिए । शिविर कार्यक्रम किवानिज क्लब...

बागमती प्रदेश च्याप्टर कार्यालय स्थापना

मकवानपुर । हेटौंडामा नेपाल व्यवस्थापन संघ बागमती प्रदेश च्याप्टर कार्यालय स्थापना गरिएको छ । म्यानको चौथो प्रादेशिक कार्यालयको रुपमा हेटौंडामा कार्यालय स्थापना गरिएको हो । उक्त प्रादेशिक कार्यालयको शनिबार एक कार्यक्रमबीच बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले उद्घाटन गरेकी हुन् । सो क्रममा संघको बागमती प्रदेश तदर्थ समिति समेत...

आज मौसम मुख्यतया सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने भएको छ । महाशाखाले आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाएको हो । साथै आज राति गण्डकी, कर्णाली र...

जसपाका मन्त्रीद्वारा शपथ ग्रहण गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा सहभागी हुने मन्त्रीहरूले आज शपथ ग्रहण गर्दैछ । मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेमा पार्टी अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साह रहेका छन् । यस्तै, दीपक कार्कीले राज्य मन्त्रीको शपथ ग्रहण गर्ने भएका छन् । तीमध्ये अध्यक्ष यादवले उपप्रधान तथा...

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको आज पनि बस्ने भएको छ । शनिबारदेखि जारी बैठक आज पनि ८ बजेपछि बस्न लागेको हो । बैठक धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि प्रस्तुत गरेको विभिन्न एजेण्डामा कार्यसम्पादन समिति सदस्यहरुले...

हेटौंडा जेसीजको आयोजनामा अन्तर क्याम्पस टी २० क्रिकेट प्रतियोगिता सुरु

मकवानपुर । हेटौंडा जेसीजको आयोजनामा हेटौंडामा अन्तर क्याम्पस टी २० क्रिकेट प्रतियोगिता सुरु भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले हेटौंडा–४ हुप्रचौरमा शनिबार खेलको औपचारिक उद्घाटन गरेका हुन् । हेटौंडा जेसीज वर्ष सन् १९९२ का अध्यक्ष पूर्ण शाक्यको स्वर्गीय आमा अष्टकुमारी शाक्यको स्मृतिमा प्रतियोगिता...

मनमोहन स्मृति भवनको उद्घाटन

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ स्थित मनमोहन स्मृति भवनको उद्घाटन गरिएको छ । नेकपा एमाले ८ नम्वर वडा कमिटी सहयोग संकलन गरेर निर्माण गरिएको उक्त भवनको आज शनिबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । कुल २० लाख रुपैयाँ लागतमा निर्माण भएको सो भवन नेकपा एमाले बागमती...

बागमती प्रदेश सभाको बैठक मंगलबार बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको चालु अधिवेशन बैठक यही फागुन २९ गते मंगलबार बस्ने भएको छ । बैठक प्रदेश सभा सचिवलायको सभाहलमा अपराह्न ३ बजे बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिबाट प्राप्त प्रतिवेदन पेश हुने प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले...

राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने भएको छ । शनिबार बसेको पार्टीको पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो । सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको बैठकले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको पार्टीका नेता अर्जुन नरसिंह केसीले बताए । कांग्रेसले विपक्षमा रहेका अन्य दलसँग पनि...

दुर्घटनामा परेर दुई जनाको मृत्यु

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा गएराति मोटरसाइकल दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार ८ वर्षीय बालक अभि दाहाल रहेको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्र...