जसपाका मन्त्रीद्वारा शपथ ग्रहण गर्दै

तु खबर संवाददाता
२०८० फाल्गुन २७,आईतवार ०८:४५

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा सहभागी हुने मन्त्रीहरूले आज शपथ ग्रहण गर्दैछ ।

मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेमा पार्टी अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साह रहेका छन् । यस्तै, दीपक कार्कीले राज्य मन्त्रीको शपथ ग्रहण गर्ने भएका छन् ।

तीमध्ये अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र साहले वन तथा वातावरण मन्त्रीको शपथ लिने छन् भने कार्की स्वास्थ्य राज्यमन्त्रीको शपथ लिनेछन् ।