समाचार

बालजागृतिलाई बालमैत्री विद्यालय घोषणा गर्ने तयारी

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित बालजागृति इङ्गलिस सेकेन्डरी स्कुललाई बालमैत्री विद्यालय घोषणा गर्ने तयारी अन्तिम तयारीमा पुगेको छ । आगामी फागुन २२ गते बालमैत्री विद्यालय घोषणा गर्ने ष्री २६ वटा सूचक पूरा गर्दै बालमैत्री घोषणाको तयारी गरेको विद्यालयले शुक्रबार पत्रकार सम्मेलनमार्फछ् जानकारी गराएको हो । बालमैत्री...

दुर्घटनामा परेर मकवानपुरका अधिकारीको मृत्यु

मकवानपुर । हेटौंडा–नारायणगढ सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९, ज्यामिरेमा आज बिहान जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ५० वर्षीय सिताराम अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (प्रवक्ता) लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका...

हेटौंडामा ‘अन्तर वडास्तरीय १५ नम्वर वडाध्यक्ष कप’ हुँदै

मकवानपुर । मकवानपुरको हेटौंडामा सोनाम ल्होसार २८६० औं डुक ल्हो (नयाँ वर्ष) को पावन अवसरमा ‘अन्तर वडास्तरीय १५ नम्वर वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८०’ दोस्रो संस्करण हुने भएको छ । प्रतियोगिता १५ नम्वर वडा कार्यालय चुरियामाई हेटौंडाको प्रायोजन तथा वडास्तरीय खेलकुद विकास समिति हेटौंडा–१५ को आयोजनामा आगामी चैत्र ९...

हत्या गरेको आरोपमा श्रीमान् श्रीमती पक्राउ

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका बस्ने रसुवा उत्तरगया गाउँपालिका–३ डाँडागाउँ घर भएका ७१ वर्षीय भुन्टे भन्ने टेक प्रसाद भट्टको हत्या गरेको आरोपमा प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रसुवा कालिका गाउँपालिका–२ धेवुगं बस्ने ४१ वर्षीय अनिल भुषाल र उनकै श्रीमती ३१ वर्षीया दिपा भट्ट भुषाल...

प्रतिनिधि सभाबाट अनुगमन तथा मूल्यांकन विधेयक पारित

काठमाडौं । अनुगमन तथा मूल्यांकन विधेयक संघीय संसद अन्तरगत प्रतिनिधि सभाबाट पनि पारित भएको छ । २८ फागुन २०७६ मा राष्ट्रिय सभामा दर्ता भएको यो विधेयक २३ माघ २०७९ मा पारित भएर प्रतिनिधि सभामा आएको थियो । प्रतिनिधि सभाको आज बसेको बैठकबाट उक्त विधेयक पारित भएको हो । योसँगै...

अमेरिका जाँदै महिला बालबालिका मन्त्री

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य अमेरिका जाने भएका छन् । मन्त्री आचार्य मन्त्रालयको जम्बो टोलीसहित अमेरिका जाने भएका हुन् । मन्त्री आचार्य २२ जना सरकारी पदाधिकारीको टोलीको नेतृत्व गर्दै अमेरिका जान लागेका हुन् । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन...

२१ दिनपछि मृत भेटिए पोखराका ओझा

पोखरा । पोखरा–३० का तेजराज ओझा घरबाट बेपत्ता भएको २१ औं दिनमा सेती नदी किनारमा मृत भेटिएका छन् । गत माघ २५ गतेदेखि बेपत्ता भएका ओझा बिहीबार मृत भेटिएका हुन् । सेती नदी किनार (गगनगौंडा तल )मा उनको शव सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । माघ २५...

संघीय संसदको दुबै सदनबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

काठमाडौं । संघीय संसदको दुबै सदनबाट सम्पत्ति शुद्धीकरण अर्थात मनि लाउण्डरिङ निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । उक्त विधेयक शुक्रबार बसेको राष्ट्रिय सभाबाट पारित भएसँगै संसद्को दुबै सदनबाट पारित भएको हो । राष्ट्रिय सभाको बैठकमा कानुन न्याय तथा संसदीय...

जनमत पार्टीद्वारा केन्द्रीय समिति बैठक आह्वान

काठमाडौं । जनमत पार्टीले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । आगामी चैत ३ र ४ गते पर्साको वीरगञ्जमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको हो । बैठकमा सरकारको समीक्षालगायत संगठन विस्तारको विषयमा छलफल हुने जनाइएको छ । जनमत पार्टीले मधेश प्रदेश सरकार छाडिसकेको छ । संघीय सरकारलाई निरन्तरता...

नगद रकमसहित ९ जुवाडे प्रहरीको नियन्त्रणमा

कास्की । प्रहरीले कास्कीबाट नगद रकमसहित ९ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले बिहीबार उनीहरूलाई नगद ९४ हजार ४० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । जिल्लाको पोखरा महानगरपालिका–५ जिरो किमीस्थित धौलागिरी आगमन रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ...