समाचार
प्रधानमन्त्रीको विश्वासको मतः कांग्रेसद्वारा ह्वीप जारी
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वपी जारी गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सोमवार विज्ञप्ति जारी गर्दै प्रचण्डको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् । आफ्ना सांसदहरुलाई फागुन ३० को प्रतिनिधि सभा बैठकमा...
प्रचण्ड र ओलीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान भेटवार्ता भएको हो । भेटमा राष्ट्रिय सभा अध्यक्ष निर्वाचन, विश्वासको मत, सरकारका साझा न्यूनतम कार्यक्रम लगायतका विषयमा छलफल भएको जनाइएको छ । राष्ट्रिय सभा अध्यक्ष पदका...
राष्ट्रिय सभा अध्यक्षको लागि दुई जनाको उम्मेदवारी दर्ता
काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । संघीय संसद्को निर्वाचन कार्यतालिका अनुसार सोमबार संसद भवन नयाँ बानेश्वरमा सो पदका लागि दुई जनाको उम्मेदवारी परेको हो । जसमा नेपाली कांग्रेसका युवराज शर्मा र माओवादी केन्द्रका सांसद नारायण दाहाल रहेका छन् । दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर...
कतिमा कारोबार हुँदैछ आज सुनचाँदी ?
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार सुनचाँदी आइतबारकै मूल्यमा कारोबार भएको हो । सोमबार छापावाल सुन तोलामा १ लाख २६ हजार रुपैयाँ र तेजावी सुन तोलामा १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । आइतबार पनि...
मकवानपुरका दुई जना प्रहरीको नियन्त्रणमा
हेटौंडा । अबैध लागुऔषध चरेससहित मकवानपुरका दुई जना प्रहरीको नियन्त्रणमा रहेका छन् । प्रहरीको नियन्त्रणमा हुनेहरुमा जिल्लाको थाहा नगरपालिका–८ आग्रा बस्ने ३८ वर्षीय राजेन्द्र दमाई र २३ वर्षीय नारायण दमाई रहेका छन् । उनीहरुलाई मकवानपुर जाने भित्री सडकखण्डमा प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरी टोलिले धादिङको थाक्रे गाउँपालिका–३, अमर्खस्थित महादेववेशीबाट...
हेटौंडामा एक गाई गोठमा आगलागी
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ लेवट लक्ष्मिनारायण टोलमा हिजो आइतबार एक गाई गोठमा आगलागी भएको छ । आइतबार अपराह्न ४ बजेर ४५ मिनेटको समयमा स्थानीय ज्ञानेन्द्र बर्तौलाको गाई गोठमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । प्रहरी नायव...
हँसिया प्रहार गरेर महिलाको हत्या
जनकपुरधाम । सिरहामा हँसिया प्रहार गरेर एक महिलाको हत्या भएको छ । जिल्लाको सिरहा नगरपालिका–६ विष्णुपट्टीकी ४५ वर्षीया निर्मला साहको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आइतबार दिउँसो घाँस लिन कमला नदीको बगरतिर गएको बेला उनको हत्या भएको हो । उनको हत्या आरोपमा श्रीमान् रामउदगार साह पक्राउ...
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने गरी बोलाएको रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए । उनका अनुसार, उक्त बैठकमा प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र प्रदेश सभाको बझाङ...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका...
राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको लागि आज मनोनयन दर्ता
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको लागि आज मनोनयन दर्ता हुने भएको छ । भोलि फागुन २९ गते हुने उक्त निर्वाचनको लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता हुने संघीय सचिवालयले जनाएको छ । संसद सचिवालयका अनुसार, आजै दिउँसो उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । उक्त...









