समाचार

देउवाद्वारा आकस्मिक पदाधिकारी बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक पदाधिकारी बैठक बोलाएका छन् । सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा १० बजेका आकस्मिक रुपमा पदाधिकारी बैठक आह्वान गरेका हुन् । सत्ता समीकरण बदलिने सम्भाबना बढेपछि देउवाले छलफलका लागि पदाधिकारी बैठक बोलाएको स्रोतको भनाइ छ । सभापति देउवाले बिहानै प्रधानमन्त्री प्रचण्डलाई पनि...

स्थानीय तहले विपन्न बिरामीको नाम फोटोसहित सार्वजनिक गर्नुपर्ने

काठमाडौं । स्थानीय तहले विपन्न नागरिकको सिफारिस बनाएका बिरामीको विवरण फोटोसहित सार्वजनिक गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखी स्थानीय तहलाई विपन्न बिरामीको नाम प्रत्येक महिना फोटोसहित सार्वजनिक गर्न भनिएको हो । सरकारले विपन्न नागरिक औषधि उपचार कार्यक्रम संचालन...

जसपाले आकस्मिक बैठक बोलायो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले उपलब्ध कार्यकारिणी समितिको बैठक बोलाएको छ । पछिल्लो राजनीति घटनाक्रमको बारेमा छलफल गर्न अहिले बिहान बस्ने गरी बैठक बोलाएको स्रोतले जनाएको छ । बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने गरी बोलाएको हो । राष्ट्रिय सभा अध्यक्ष तथा टीआरसी विधेयकमा माओवादी र एमालेबिच सहमति...

नवनिर्वाचित राष्ट्रिय सभाका १९ सदस्यको शपथ आज

काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यहरुले पद तथा गोपनियताको आज शपथ लिँदैछन् । पूर्व निर्धारित कार्यक्रम अनुसार गत माघ ११ गते निर्वाचित भएका १९ जना सदस्यहरुले आज एक कार्यक्रमबीच शपथ लिने भएको संघीय संसद सचिवालयले जनाएको छ । संसदका सहायक प्रवक्ता दशरथ धमलाले शपथ कार्यक्रम बिहान साढे ११...

स्थगित भयो कानुन समितिको बैठक

काठमाडौं । राजनीतिक घटनाक्रम नयाँ तरिकाले विकसित भएसँगै सोमबार बिहानका लागि बस्ने गरी आह्वान गरिएको कानुन समितिको बैठक स्थगित भएको छ । समितिका सदस्य तथा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले बैठक बस्दै नबसी स्थगित गरिएको जानकारी गराएका हुन् । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) टुङ्ग्याउन सोमबार बिहान कानुन समितिको बैठक...

आज यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सोमबार देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भूभागका...

माओवादी केन्द्रको सचिवालय बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक हाल जारी छ । समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न माओवादीले सचिवालय बैठक आह्वान गरिएको हो । बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले शीर्ष नेताहरुबीच भइरहेको छलफलको विषयमा नेताहरुलाई जानकारी गराउने छन् । सत्ता गठबन्धन धरमराएसँगै आज बिहानैदेखि नेकपा एमाले,...

एमालेको आकस्मिक सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको आकस्मिक रुपमा सचिवालयलको बैठक बसिरहेको छ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहानैदेखि बसिररहेको हो । एमालेको सचिवालय बैठक २५ गते बस्ने तय भएको थियो । तर, सत्ता गठबन्धन धरमराएसँगै एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको हो । बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री...

हत्याको आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ

धनगढी । कञ्चनपुरमा एक युवकको हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । गत २४ कात्तिकमा झुण्डिएको अवस्थामा मृत भेटिएका बेलौरी नगरपालिका–९ का १८ वर्षीया अनुश रानाको हत्या आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ परेका हुन् । सो घटनाको आरोपमा बेलौरी नगरपालिका–९ का वडाध्यक्ष किसनसिंह राना पक्राउ परेका जिल्ला...

बिहान आह्वान गरिएको सत्ता गठबन्धनको बैठक स्थगित

काठमाडौं । सत्ता गठबन्धनको आज बिहान बस्ने गरी आह्वान गरिएको बैठक स्थगित भएको छ । बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक स्थगित भएको हो । सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै आह्वान गरिएको सो बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको हो । बैठकमा...