समाचार
एकीकृत समाजवादी नयाँ गठबन्धनमा तत्कालै सामेल नहुने
काठमाडौँ । नयाँ सत्ता समिकरण बनेपछि नेकपा एकीकृत समाजवादीले तत्काल नयाँ गठबन्धनमा सामेल नहुने जनाएको छ । नेकपा एकीकृत समाजवादीका नेता, एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा एकीकृत समाजवादी तत्काल सामेल नहुने बताए । सोमबार पार्टीको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले पहिले...
हेटौंडाबाट एक जना पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडाबाट प्रहरीले अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब २ किलोसहित एक युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहट माधवनारायण नगरपालिका–१ बस्ने २७ वर्षीय महेशकुमार यादव रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, प्रहरी चौकी...
सिमान्त समुदायमा प्रदेश प्रमुख शर्माः सुरीबस्ती पुगेर बुझे सुरेलका सवाल
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा प्रदेशका सिमान्त समुदायको उत्थानको अभियानमा छन् । प्रमुख शर्माले प्रदेशका विभिन्न जिल्लाभित्र रहेका सिमान्त समुदायमै पुगी उनीहरुको सवालबारे जानकारी हासिल गर्दै आएका छन् । केही दिनअघि शर्मा दोलखाको गौरी शंकर गाउँपालिकाको वडा नम्बर ५ स्थित सुरी बस्ती पुगे । गौरीशंकर गाउँपालिका कार्यालयले...
सशस्त्र प्रहरीका डीएसपी मृत भेटिए
विराटनगर । प्रस्तावित सशस्त्र प्रहरी गुल्म सोराभाग, धनपालथान मोरङका डीएसपी उपेन्द्र बस्याल मृत अवस्थामा भेटिएका छन् । बस्याल गुल्मको आफ्नै निवास छेउमा रहेको किचनको फेनमा प्लाष्टिकको डोरी लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको मोरङका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पाल्पा स्थायी ठेगाना भएका बस्यालको परिवार भने काठमाडौंमा रहेको बुझिएको...
हेटौंडा भेट्रान्स कप मंगलबारबाट
मकवानपुर । नवौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ‘ए’ साईड रनिङ शिल्ड फुटबल प्रतियोगिता भोलि फागुन २२ गते मंगलबारबाट सुरु हुने भएको छ । हेटौंडा–५ मा रहेको क्याम्पा रंगशालामा हुने उक्त प्रतियोगिता हेटौंडा भेट्रान्स क्लबको आयोजनामा हुन लागेको हो । प्रतियोगितामा ४५ वर्ष उमेर समूहमाथिका पुर्व खेलाडीहरुको सहभागीता रहनेछन्...
‘म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नमर्दासम्म उथलपुथल भइराख्ने बताएका छन् । सोमबार शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । कार्यक्रममा उनले नयाँ सत्ता समीकरणप्रति संकेत गर्दै आफु नमर्दासम्म देशमा उथलपुथल भइराख्ने बताएका हुन् ।...
अवैध लागूऔषधसहित सात जना पक्राउ
हेटौंडा । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट सात जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा, कञ्चनपुर, कैलाली र चितवन जिल्लाको विभिन्न स्थानबाट लागूऔगषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले झापाको कमल गाउँपालिका–३ स्थित कृष्टिना होटलबाट अवैध लागूऔषध ब्राउनसुगर २० ग्रामसहित गौरीगंज गाउँपालिका–२ बस्ने ३६ वर्षीय अजय हेमरमलाई आइतबार...
कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने
काठमाडौं । नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । सोमबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । बैठकले राजीनामा नदिने निर्णय गरेको उपसभापति तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्ती धनराज गुरुङले जानकारी दिए । कांग्रेस अब प्रतिपक्षमा बस्ने र संसदको दह्रोसँग उपयोग गर्ने उनको भनाई...
जसपाले आजै मन्त्री नपठाउने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आजै सरकारमा मन्त्री नपठाउने भएको छ । पार्टीमा छलफल गर्न बाँकी रहेकोले आजै मन्त्रीको नाम दिने अवस्था नरहेको एक नेताले बताए । माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक–एक जना मन्त्रीले भने आजै पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका...
परिवार दलका अध्यक्ष ढकाल र राष्ट्रपति पौडेलबीच भेटवार्ता
काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आइतबार भएको भेटमा समसामयिक बिषयमा कुराकानी भएको अध्यक्ष ढकालको स्वकीय सचिव जितेन्द्र श्रेष्ठले जानकारी दिए । प्रतिनिधि सभाका सदस्य समेत रहेका ढकालले भेटमा राष्ट्रपतिको कार्यकालको सफलताको शुभकामना दिँदै...










