समाचार

माओवादी स्थायी समिति बैठक पुनः सर्याे

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पुनः सरेको छ । चैत्र १ गतेको लागि आह्वान गरिएको बैठक चैत्र २ गते ११ बजे बस्ने गरी सारेको पार्टीका सचिव दीनानाथ शर्माले जानकारी दिए । यसअघि फागुन २८ गते बोलाइएको बैठक पनि विकसित राजनीतिक घटनाक्रमका कारण चैत्र १ गते सारिएको...

मकवानपुर प्रहरीद्वारा २७ क्विन्टल प्याज नियन्त्रणमा

मकवानपुर । मकवानपुर प्रहरीले २७ क्विन्टल प्याज नियन्त्रणमा लिएको छ । प्रहरीले आज बिहान सवा ३ बजेको समयमा हेटौंडा–१५ रातोमाटे चेकपोष्टस्थित सडकखण्डबाट उक्त प्याज नियन्त्रणमा लिएको हो । मकवानपुर प्रहरीका अनुसार, पथलैया तर्फबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश २–०३–००१ च ५६५४ नम्बरको बोलेरो गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीमा...

चैत्र ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गरिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग आगामी चैत्र ६ गते प्रतिनिधि सभामा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गरिने भएको छ । आजका लागि सो कार्यक्रम कार्यसूचीमा भएपनि प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रमका कारण कार्यसूचीबाट हटाइएको हो । प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि यसअघि नै समूह विभाजन भइसकेको सभामुख देवराज घिमिरेले...

मकवानपुरकी महिला मृत भेटिइन्

मकवानपुर । मकवानपुरमा आज बिहान एक महिला मृत अवस्थामा भेटिएकी छन् । जिल्लाको थाहा नगरपालिका वडा नमवर १० स्थित तल्लो बिसिङ्गखेलमा एक महिला मृत भेटिएकी हुन् । मृत अवस्थामा भेटिनेमा स्थानीय अन्दाजी ५० वर्षीया ज्ञानीमाया गमाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।...

अवैध लागूऔषधसहित १२ जना पक्राउ

हेटौंडा । प्रहरीले देशको विभिन्न स्थानबाट लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा, पर्सा, बर्दिया, मोरङ र बर्दिया जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको छ । प्रहरीले झापाको बिर्तामोड नगरपालिका–४ स्थित सन्जोग होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ७ सय २० मिलिग्राम र नगद...

हेटौंडामा आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी हुँदै

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी–२०८० हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिले आगामी चैत्र २ गतेदेखि प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी आयोजना गर्न लागेको हो । बुधबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् समितिले ११ वर्षपछि “पर्यटन, कृषि, लघु उद्यमशीलता–महिला...

प्रधानमन्त्रीले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले विश्वासको मत पाएका छन् । तेस्रो पटक प्रधानमन्त्री बनेका उनले कार्यकालको १४ महिना १९ दिनमै तेस्रो पटक विश्वासको मत प्राप्त गरेका हुन् । बुधबार प्रधानमन्त्रीले विश्वासको मत माग्दा प्रतिनिधि सभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका थिए । बैठकमा सभामुख देवराज घिमिरेले...

बागमती प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

मकवानपुर । बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आज अपराह्न बसेको बैठकमा सो कुराको जानकारी गराएका हुन् । बैठकमा सभामुख पाठकले आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको प्रतिवेदनलाई प्रदेश सरकाबाट कार्यानवयन गर्न सर्वसम्मतिबाट पारित भएको घोषणा...

झरना साहित्यिक परिवारले गर्यो लमजुङमा काव्य गोष्ठी

हेटौंडा । लमजुङको लिस्नु साहित्यिक परिवार र मकवानपुरको झरना साहित्यिक परिवार (झसाप)ले लमजुङको बेसीशहरमा संयुक्त काव्य गोष्ठी गरेका छन् । झरना साहित्यिक परिवार मकवानपुरको ३०१ औँ साहित्य शृङ्खला अन्र्तगत सो काव्य गोष्ठी गरिएको संस्थाका सचिव मसान उपासकले जानकारी दिए । कार्यक्रममा मकवानपुरबाट झसापका संरक्षकद्धय रमेशमोहन अधिकारी र जर्नादन खनाल,...

माटोको ढिस्कोले पुरिएर मकवानपुरका किशोरको मृत्यु

हेटौंडा । माटोको ढिस्कोले पुरिएर मकवानपुरका एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको भीमफेदी गाउँपालिका–६ घर भएका १६ वर्षीय जसन स्याङ्तान रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, भक्तपुरको चाँगुनारायण नगरपालिका–९, स्थित ताथलीमा ईको भ्यालि रिसोर्ट नजिकै पर्खाल बनाउन जग खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर पुरिँदा...