समाचार

प्रतिनिधि सभामा संघीय निजामती सेवा विधेयक पेस

काठमाडौं । प्रतिनिधि सभामा संघीय निजामती सेवा विधेयक, २०८० पेस भएको छ । उक्त विधेयक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बिहीबार प्रतिनिधि सभामा पेस गरेका हुन् । संघीय निजामती सेवाको गठन, संचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गत फागुन २१ गते संसद् सचिवालयमा...

राप्रपा नेपालद्वारा विरोध प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका नेता तथा कार्यकर्ता आज विरोध प्रदर्शनमा उत्रिएका छन् । भ्रष्ट व्यवस्थाको अन्त्य, हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना, प्रदेशस्तरीय संरचना खारेज, राष्ट्रघाती र भ्रष्टाचारीलाई कानुनको कठघरामा उभ्याउन मागसहित राप्रपा नेपाल आजबाट प्रदर्शनमा उत्रिएका हुन् । आन्दोलनको कार्यक्रम भद्रकाली परिसरमा आज मध्यान्हबाट सुरु...

उपनिर्वाचन गर्न ८ करोड लाग्ने अनुमान

काठमाडौं । आगामी २०८१ बैशाख १५ मा हुने उपनिर्वाचन सम्पन्न गर्न करिब ८ करोड खर्च लाग्ने अनुमान गरिएको छ । मतदान केन्द्र व्यवस्थापन, मतदान, मतपेटिका सङ्कलन, मतगणना र सुरक्षा प्रबन्ध गर्न उक्त रकम लाग्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले बुधबार अर्थसचिव कृष्णहरि पुष्करसँग उपनिर्वाचन खर्चको सम्बन्धमा छलफल गरेको...

उदयपुरमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु

विराटनगर । उदयपुरको बेलका ७ बाखाकुवा भन्ने स्थानमा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । को १ ज २५९३ नम्बरको बोलेरो जिप बिहान साढे १० बजेतिर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर अन्य...

पाकिस्तानी राजदूत हाश्मीले दिए उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र पाकिस्तानका राजदूत अब्रर हाश्मीीच भेटवार्ता भएको छ । उनीहरुबीच आज सिंहदरवार भेटवार्ता भएको हो । सो क्रममा नवनियुक्र उपप्रधानमन्त्री श्रेष्ठलाई राजदूत हाश्मीले बधाई तथा शुभकामना दिएका थिए । परराष्ट्र मन्त्रालयका अनुसार, उनीहरुबीच दुई देशको आपसी हितका बारेमा छलफल भएको थियो ।

पाँच जुवाडे प्रहरीको नियन्त्रणमा

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट प्रहरीले पाँच जनालाई बुधबार नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिका–६ तिनचुली बुद्धभूमि टोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले सोही ठाउँ बस्ने काभ्रेपलान्चोक तिमाल गाउँपालिका–४ घर भएका ४७ वर्षीय कलम तामाङ समेत ५ जनालाई नियन्त्रणमा लिएको...

अवैध लागूऔषधसहित ११ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ, भक्तपुर, काभ्रे, झापा र कैलाली जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन ९२ मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो पक्राउ गरेको...

अस्ट्रेलियामा सुन खानी भत्किँदा एक जनाको मृत्यु

सिड्नी । अस्ट्रेलियामा सुन खानी भत्किँदा बिहीबार बिहान एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मेलबर्न नजिकको बलराटमा रहेको भिक्ट्री मिनरल्सले चलाएको उक्त खानीमा ५०० मिटरको पत्थरको थुप्रो खस्दा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा अन्दाजी ३७ वर्षीय एक पुरुष रहेका छन्...

सुन जाँचबुझ आयोगद्वारा प्रतिवेदन पेस

काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगले प्रतिवेदन पेस गरिएको छ । आयोगका अध्यक्ष डिल्लीराज आचार्यले बिहिबार सिंहदरबारमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसमक्ष उक्त प्रतिवेदन पेस गरेका हुन् । हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुन र इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर दुबईबाट ल्याएको सुनबारे जाँचबुझ गर्न आयोग गठन गरिएको...

फेरि बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला ८०० रुपैयाँले बढेको हो । भाउ बढेसँगै छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख २५ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २५ हजार २०० रुपैयाँमा...