सुन जाँचबुझ आयोगद्वारा प्रतिवेदन पेस

तु खबर संवाददाता
२०८० चैत्र १, बिहीबार १५:४०

काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगले प्रतिवेदन पेस गरिएको छ । आयोगका अध्यक्ष डिल्लीराज आचार्यले बिहिबार सिंहदरबारमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसमक्ष उक्त प्रतिवेदन पेस गरेका हुन् ।

हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुन र इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर दुबईबाट ल्याएको सुनबारे जाँचबुझ गर्न आयोग गठन गरिएको थियो ।

आयोग गठन भएको साढे ५ महिनामा प्रतिवेदन पेस गरेको हो । मन्त्रिपरिषद्ले गत असोज १४ मा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको हो ।

आयोगको सदस्यमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज जोशी थिए ।