समाचार

आज राष्ट्रिय सभाको बैठक पनि बस्दै

काठमाडौं । संघीय संसद् अन्तरगत पर्ने राष्ट्रिय सभा बैठक पनि आज बस्ने भएको छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बजेर १५ मिनेटमा बस्ने भएको हो । बैठकमा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति तथा कार्यभारसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको जनाइएको छ । यसैगरी,...

ब्राउन सुगरसहित एक युवक पक्राउ

काठमाडौं । सिरहाबाट प्रहरीले लागूऔषसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको औरही गाउँपालिका–१, दरैहियाचोकस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका २ बस्ने २७ वर्षीय राजेश ठाकुर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, भारतबाट नेपाल आउँदै गरेका ठाकुरलाई...

माओवादी स्थायी समिति बैठक आह्वान

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी आह्वान गरिएको हो । बैठकमा पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, पार्टीको विधान, पार्टीले सञ्चालन गर्ने हिमाल–पहाड–तराई अभियानको तयारी लगायतका विभिन्न विषयमा छलफल हुनेछ । साथै, आगामी वैशाख...

नेपाली राष्ट्रिय क्रिकेट टिम बिहानै स्वदेश फिर्ता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम आज बिहानै स्वदेश फर्किएका छन् । हङकङमा भएको त्रिकोणात्मक टी–२० क्रिकेट खेलेर नेपाली टोली बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । उनीहरुलाई नेपाल क्रिकेट संघ क्यानका उपाध्यक्ष रोशन सिंह र क्रिकेट म्यानेजर विनोद दास लगायतले स्वागत गरेका थिए । हङकङ, पपुवा न्युगिनी (पीएनजी)...

स्वास्थ्य बीमा बोर्डद्वारा कर्मचारी माग

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले करारमा कर्मचारी माग गरेको छ । बोर्ड अन्तर्गत जिल्ला कार्यालयका लागि १४३ जना दर्ता अधिकारी पदमा कर्मचारी माग गरिएको हो । बोर्डले सो बारे आज एक सूचना जारी गर्दै जानकारी गराएको हो । बोर्डले जारी गरेको सूचनामा इच्छुक व्यक्तिले आगामी चैत्र १६ गतेसम्म आवेदन...

आज मौसम सामान्यतया सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाएको छ । महाशाका अनुसार, आज देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै, हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै...

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तरगत पर्ने प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । बैठकमा प्रतिनिधि सभाबाट उत्पत्ति भएको सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट...

आशा लघुवित्तको वित्तीय साक्षरता गोष्ठी सम्पन्न

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । उक्त गोष्ठी लघुवित्तको शाखा कार्यालय हेटौंडाको आयोजनामा बिहीबार सम्पन्न भएको हो । कार्यक्रममा वित्तीय अनुशासन, लघुवित्त कर्जा र बचत, कर्जा सदुपयोगिता, व्यापार विस्तार लगायतका विषयमा छलफल भएको...

मकवानपुर रिकभरिङ समूहलाई सहयोग

मकवानपुर । लागूऔषध दुर्व्यसनीहरुको बिचमा काम गर्दै आएको संस्था मकवानपुर रिकभरिङ समूहलाई डाइनिङ टेबल र कुर्सी सहयोग प्राप्त भएको छ । समूहलाई हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा कार्यालयले ३० हजार रुपैयाँ बराबरको डाइनिङ टेबल र कुर्सी सहयोग गरेको हो । वडाध्यक्ष जुना दाहाल र सचिव जीवन ढुङ्गेलले समूहको कार्यालयमा...

अनेरास्ववियु मकवानपुरको कार्यालय स्थापना

मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मकवानपुरको बिहीबार कार्यालय स्थापना गरिएको छ । हेटौंडा– ५, स्थित नेकपा एमाले पार्टी कार्यालयमा (अनेरास्ववियु) अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर जिल्ला कमिटीको कार्यालय स्थापना गरिएको हो । उक्त कार्यालयको अनेरास्ववियु केन्द्रिय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज भुवन मैनालीले एक...