समाचार

मुस्ताङमा लेक लागेर एक जनाको मृत्यु

पोखरा । मुस्ताङमा आज बिहान लेक लागेर एक जना जनाको मृत्यु भएको छ । लेक लागेर भारतको हैदराबाद घर भएका ८३ वर्षीय बि नारायणको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । प्रहरीका अनुसार, उनी ४१ जनाको टोलीसहित मुस्ताङ पुगेका थिए । मुक्तिनाथ दर्शन गरेर जोमसोममा बास बस्ने...

प्रतिनिधि सभा बैठक आज बस्दै

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी आह्वान गरिएको हो । बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । उक्त विधेयक शिक्षा, विज्ञान...

नेविसंघ केन्द्रीय तदर्थ कार्यसमितिमा थप सदस्य मनोनयन

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिमा थप सदस्यहरू मनोनयन गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित कार्यसमितिको सदस्यमा थप ४१ जनालाई मनोनयन गरेका हुन् । मनोनित गरिएको सदस्यहरुमा क्रमशः दिपकराज ओझा (कैलाली), अशोक सिंह विष्ट (कञ्चनपुर), विनोदकुमार शाही (दैलेख),...

टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

दाङ । दाङमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१७, भैसाहीका ४५ वर्षीय कालीप्रसाद चौधरी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, जिल्लाको घोराही उपमहानगरपालिका– १७ सिस्ने खोला नजिकै हाल नम्बर नखुलेको टिपरले शुक्रबार ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । टिपरको ठक्करबाट...

मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गर्ने पक्राउ

रौटहट । रौतहटमा मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली प्रहार गर्ने तीन जना भारतीय नागरिक पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, शुक्रबार दिउँसो १ बजेको समयमा रौतहटको परोहा नगरपालिका–९ स्थित शिव...

प्राध्यापक संघ मकवानपुर क्याम्पसको अध्यक्षमा घिमिरे

मकवानपुर । पब्लिक क्याम्पस प्राध्यापक संघ मकवानपुर बहुमुखी क्याम्पस इकाईको अध्यक्षमा घनश्याम घिमिरे सर्वसम्मत चयन भएका छन् । संघको शनिबार सम्पन्न पाँचौं अधिवेशनबाट घिमिरे संयोजकत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो । यस्तै, संघका उपाध्यक्षमा कृष्ण पौडेल, सचिवमा रविन कोइराला, सह–सचिवमा जयराम गौतम, कोषाध्यक्षमा लिना श्रेष्ठ चयन भएका छन् ।...

मकवानपुरमा मोटरसाइकल दुर्घटना, एक जना घाइते

मकवानपुर । मकवानपुरमा आज दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् । जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २, सिमखोलास्थित सडकखण्डमा हेटौंडाबाट काठमाडांैतर्फ जाँदै गरेको लु.३४ प ३६०४ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएको हो । घाइते हुनेमा मोटरसाइकल चालक चितवनको खैरेनी नगरपालिका वडा नम्वर १...

माओवादी र नेपाल समाजवादी पार्टीबीच एकता गर्ने सहमति

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता गर्ने सहमति भएको छ । शनिबार बसेको माओवादी र नेपाल समाजवादी पार्टी एकता संयोजन समितिको बैठकले उक्त निर्णय गरेको हो । एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय भएको छ । साथै पार्टी एकताका लागि वैचारिक...

‘मानव अधिकार संरक्षणमा जुटिरहेका छौँ’

पछिल्लो समय विभिन्न क्षेत्रमा महिलाहरुको सहभागिता बढ्दो छ । राजनीतिक, व्यावसायिक क्षेत्रमा मात्रै नभई विभिन्न संघ–संस्थामा क्रियाशील रहेर उनीहरुले समाज रुपान्तरणका लागि योगदान पुर्याउँदै आएका छन् । सुव्यवस्थित, समतामुलक र विभेदरहित समाज स्थापना गर्न महिलाहरुको भूमिका महत्वपूर्ण छ । समाजमा रहेका विकृति, विसंगतीविरुद्ध आवाज उठाउने, सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्ने,...

पेट्रोलियम पदार्थको भाउ घट्यो

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । आज बिहानैदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाइएको हो । जस अनुसार, पेट्रोलमा एक र डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटएको नेपाल आयल निगमले जानकारी दिएको छ । भाउ घटेपछि पेट्रोल लिटरको पहिलो वर्गमा १६८...