मकवानपुरमा मोटरसाइकल दुर्घटना, एक जना घाइते

तु खबर संवाददाता
२०८० चैत्र ३,शनिबार १६:२२

मकवानपुर । मकवानपुरमा आज दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २, सिमखोलास्थित सडकखण्डमा हेटौंडाबाट काठमाडांैतर्फ जाँदै गरेको लु.३४ प ३६०४ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएको हो ।

घाइते हुनेमा मोटरसाइकल चालक चितवनको खैरेनी नगरपालिका वडा नम्वर १ घर भई हाल दाङ रङसिंह दलमा कार्यरत नेपाली सेनाका प्युठ अन्दाजी २९ वर्षीय यज्ञबहादुर मगर रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।

घाइते मगरलाई उपचारको लागि काठमाडौंस्थित छाउनी अस्पताल पठाइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।