मुस्ताङमा लेक लागेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८० चैत्र ४,आईतवार ०८:१५
सांकेतिक तस्वीर

पोखरा । मुस्ताङमा आज बिहान लेक लागेर एक जना जनाको मृत्यु भएको छ । लेक लागेर भारतको हैदराबाद घर भएका ८३ वर्षीय बि नारायणको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

प्रहरीका अनुसार, उनी ४१ जनाको टोलीसहित मुस्ताङ पुगेका थिए । मुक्तिनाथ दर्शन गरेर जोमसोममा बास बस्ने क्रममा एक्कासि उनलाई श्वासप्रश्वासको समस्या भएको थियो ।

समस्या भएपछि जिल्ला अस्पताल लगिएको उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मुस्ताङ प्रहरीले जनाएको छ ।