समाचार
आज मौसम सफा रहने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज मौसम सफा रहने जनाएको छ । महाशाखाले सोमबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाएको हो । साथै कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा...
एसईईको तयारी अन्तिम चरणमा
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार, यही चैत्र १५ गतेदेखि सुरु हुने परीक्षाको तयारी अन्तिम चरणमा पुगेको हो । चैत २७ गतेसम्म संचालन हुने एसईई परीक्षामा देशभरबाट ५ लाख ३ हजार भन्दा बढी विद्यार्थी...
बालिकालाई स्कुटरले ठक्कर दिई फरार हेटौंडाका युवक पक्राउ
मकवानपुर । बालिकालाई स्कुटरले ठक्कर दिई फरार भएका हेटौंडाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ पिप्ले बस्ने २३ वर्षीय सागर पुडासैनीलाई पक्राउ गरेको हो । मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, गत फागुन २५ गते पुडासैनीले चलाएको ग ८ प ४१५२...
आइपीओ निष्कासन गर्दै सभापोखरी हाइड्रोपावर
काठमाडौं । सभापोखरी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्दैछ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित चैत्र २४ गते वार्षिक साधारण सभा आह्वान गरिएको छ । सभा अरिकल इभेन्ट्स, महाराजगंज, काठमाडौंमा दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको हो । सभामा आइपीओ जारी गर्ने प्रस्तावसहित आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान...
राप्रपाका तीन नेता निलम्बन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन नेता निलम्बन भएका छन् । राप्रपाका नेता ठाकुर मोहन श्रेष्ठमाथि आक्रमणमा संलग्न रहेका तीन जनालाई पार्टीबाट निलम्बन गरिएको हो । उनीहरुलाई पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सहायक महामन्त्री प्रेम बलायरसहित तीन नेतालाई निलम्बन गरेका हुन् । निलम्बनमा पर्नेहरूमा क्रमशः सहायक महामन्त्री बलायर,...
सुदुरपश्चिम प्रदेश: सरकारलाई समर्थन गर्ने नाउपाको निर्णय
धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले कांग्रेस नेतृत्वको रहेको सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ । केन्द्रमा नयाँ समीकरणलाई समर्थन दिएको नाउपाले सुदूरपश्चिम प्रदेशमा भने ठिक उल्टो कांग्रेस नेतृत्वको सरकारलाई समर्थन दिने निर्णय गरेको हो । आइतबार बसेको नाउपा संसदीय दलको बैठकले हालसम्म कायमै रहेको गठबन्धन अनुसार...
नेपाल औषधि लिमिटेडद्वारा थप तीन औषधि उत्पादन सुरु
काठमाडौं । नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले आजदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको जानकारी दिए । उनका अनुसार, सेन्ट्रिमाइन, एमजीट र एमजिट–डिएफ नामका औषधि उत्पादन सुरु गरेको हो । तीनै वटा औषधि ट्याबेलटमा छन् ।...
जंगली जनावरको आक्रमणबाट वृद्धको मृत्यु
बाँके । बाँकेमा जङ्गली जनावरको आक्रमणबाट आइतबार बिहान एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्मा गाउँपालिका–१ सल्यान घर भई हाल ढकेरी र कोहलपुरमा आफन्तको घरमा बस्दै आएका ७१ वर्षीय नगेन्द्रप्रसाद शर्मा रहेका छन् । पूर्व–पश्चिम राजमार्गको ढकेरीदेखि दुई किलोमिटर पश्चिममा पर्ने भालुखोलाको सडक बाटो छेऊमा जङ्गली जनावरले...
प्रतिनिधि सभाको बैठक सोमबारसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधि सभा बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । आइतबार बसेको बैठकमा शोक प्रस्ताव पारित भएसँगै बैठक सोमबार ११ बजेसम्मका लागि स्थगित भएको हो । प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनपछि आइतबारको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित गरिएको हो । जसपा सांसद शर्मा अन्सारीको उपचारको...
लागूऔषधसहित हेटौंडाबाट दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले शनिबार राति अवैध लागूऔषधसहित हेटौंडाबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका–११ सरस्वती चोकबाट अवैध लागूऔषध गाँजा २३ किलोसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा जिल्लाको कैलाश गाउँपालिका–१० नामटार घर भई हाल हेटौंडा उपमहानगरपालिका–१९ बस्ने २५ वर्षीय मदन तामाङ र ३८...










