सुदुरपश्चिम प्रदेश: सरकारलाई समर्थन गर्ने नाउपाको निर्णय

तु खबर संवाददाता
२०८० चैत्र ४, आईतवार १७:३१

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले कांग्रेस नेतृत्वको रहेको सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

केन्द्रमा नयाँ समीकरणलाई समर्थन दिएको नाउपाले सुदूरपश्चिम प्रदेशमा भने ठिक उल्टो कांग्रेस नेतृत्वको सरकारलाई समर्थन दिने निर्णय गरेको हो ।

आइतबार बसेको नाउपा संसदीय दलको बैठकले हालसम्म कायमै रहेको गठबन्धन अनुसार कांग्रेसलाई सघाउने निर्णय गरेको सो पार्टीका संसदीय दलका नेता एवम् आर्थिक मामिला मन्त्री घनश्याम चौधरीले जानकारी दिए ।

सुदूरपश्चिम नाउपाका ७ सांसद रहेका छन् । तीमध्ये पाँच मन्त्री छन् । उनीहरुले मुख्यमन्त्री कमलबहादुर शाहलाई नै विश्वासको मत दिने निर्णय गरेका हुन् ।