समाचार

देशका ३७ स्थानमा डढेलो

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुई दिनयता देशका विभिन्न ३७ स्थानमा डढेलोका घटना भएको जनाएको छ । प्राधिकरणका अनुसार, देशको पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, मोरङ, धनुषा, रामेछाप, भक्तपुर, ललितपुर तनहुँ, कास्की, म्याग्दी र कपिलवस्तुका विभिन्न स्थानका जङ्गलमा डढेलो लागेको हो ।...

धरौटीमा रिहा भए पूर्व उपराष्ट्रपति पुनका सल्लाहकार

काठमाडौं । सुन तस्करी छानबिनका लागि पक्राउ परेका जीवन गुरुङ धरौटीमा रिहा भएका छन् । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार समेत रहेका उनलाई जिल्ला अदालत काठमाडौंल धरौटीमा रिहा गर्न आदेश दिएको हो । गुरुङलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ ।...

राजीनामा माग गर्दै गृहमन्त्रीको पुत्ला जलाइयो

काठमाडौं । नेपाल विद्यार्थी संघ पशुपति क्याम्पस इकाइ समितिले गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाएको छ । उनीहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै पुत्ला जलाएको हो । उनीहरुले यो सरकारलाई सुन तस्कर र सहकारी ठगहरूको गठबन्धन भन्दै प्रदर्शनमा उत्रिए । सो क्रममा उनीहरुले ‘सहकारी पीडितहरूलाई न्याय दे’...

गण्डकी प्रदेशः दिपक मनाङेले लिए शपथ

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । सोमबार मात्रै भौतिक पूर्वाधार मन्त्री बनेका उनले शपथ ग्रहण गरेका हुन् । उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । उनको शपथ ग्रहण कार्यक्रममा विपक्षी...

दुर्गा प्रसाईँका सुरक्षा गार्ड हतियार र गोलीसहित पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभिानका संयोजक दुर्गा प्रसाईँका निजी सुरक्षा गार्ड पक्राउ परेका छन् । प्रसाईँका सुरक्षा गार्ड दीपक खड्कालाई राम शाहपथस्थित सर्वोच्च अदालत नजिकैबाट हतियार र गोलीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस्तै, उनीसँगै प्रहरीले राजकुमार धिमाललाई पनि पक्राउ गरेको छ ।...

महरालाई म्याद थपको लागि अदालतमा लगियो

काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालत लगिएको छ । सुन तस्करी प्रकरणमा पक्राउ परेका उनलाई सोमबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा लागिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, भेपमार्फत गरिएको करिव ९ किलो सुन तस्करीको पुनः अनुसन्धानका क्रममा उनलाई सोमबार नै कपिलवस्तुबाट पक्राउ गरेको...

दुई समिति सभापतिद्वारा शपथ ग्रहण

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतका दुई विषयगत समितिका दुई सभापतिले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गोल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समिति कमला पन्तले शपथ ग्रहण गरेका हुन् । उनीहरुलाई राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले...

कोलकातामा निर्माणाधीन भवन भत्किँदा दुई जनाको मृत्यु

नयाँ दिल्ली । पश्चिम बंगालको राजधानी कोलकातामा निर्माणाधीन भवन भत्किँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । कोलकाताको गार्डेन रीच क्षेत्रमा आइतबार मध्यराति भएको उक्त घटनामा परेर कम्तिमा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुने दुवै महिला हुन् । यस दुर्घटनामा घाइते भएका १३ जनालाई उद्धार गरी...

मनकामना केबलकारको सेवा चैत ७ गते बन्द हुने

काठमाडौं । मनकामना केबलकारको सेवा एक दिन बन्द हुने भएको छ । नेपालको पहिलो केबलकारको रुपमा चिनिने उक्त केवलकार यही चैत ७ गते बुधबार बन्द हुने भएको हो । नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले सेवा बन्द हुने कम्पनीले एक विज्ञप्तिमार्फत् जानकारी गराएको हो । केबलकार सेवा बन्द रहे पनि...

चोरीको मोटरसाइकलसहित किशोर पक्राउ

काठमाडौं । बुढानिकण्ठ नगरपालिका २ भंगालबाट चोरीको मोटरसाइकलसहित प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंकै चाबहिल बस्ने १८ वर्षीय सक्षम गुरूङ रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, बागमती प्रदेश–०२–०२३ प ०४७२ नम्बरको बुलेट मोटरसाइकल काठमाडौंको टोखा इन्द्रेणीपुलबाट हराएको भनि मोटरसाइकल धनि...